प्रतिबन्धित नेकपा-नेतृ उमा भुजेल पक्राउ

प्रतिबन्धित नेकपा-नेतृ उमा भुजेल पक्राउ


नेत्रविक्रम चन्द ‘विप्वल’ले नेतृत्व गरेको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टीको मेची–कोशी ब्युरो ईन्चार्जसमेत रहेकी भुजेललाई मोरङबाट पक्राउ गरिएको प्रहरी सुत्रले जनाएको छ ।

उमासहित प्रतिबन्धित नेकपाका ९ जना नेता–कार्यकर्तालाई मोरङको सोमबारेबाट शुक्रबार र सुनसरीको चकरघट्टीबाट शनिबार नियन्त्रणमा लिइएको स्रोतको भनाई छ ।

माओवादी आन्दोलनकी चर्चित पात्र उमा भुजेलका नेकपाका मोरङ इन्चार्ज नरेश चौलागाई, ब्यूरो कार्यालय सचिव सुमन सिंह पनि गिरफ्तारीमा परेका छन् । पक्राउ परेकामा क्षितिज पौडेल, नवराज नेपाल, दीपक आचार्य, जगत पुलामी र गोविन्द कार्कीसमेत रहेका छन् भने उनीहरू यतिबेला मोरङ प्रहरीको हिरासतमा छन् ।