जेलभित्र भएको झडपमा १८ कैदीको मृत्यु

जेलभित्र भएको झडपमा १८ कैदीको मृत्यु


होन्डुरसमा जेलभित्र भएको झडपमा परेर कम्तीमा १८ जना कैदी मारिएका छन् । कैदीकैदीबीच भएको झडपमा परी थप १६ जना घाइतेसमेत भएका अधिकारीहरूले जानकारी दिएका छन् ।

उत्तरी बन्दरगाह शहर तेलामा रहेको कारागारमा गत शुक्रबार कैदीहरूका बीचमा झडप भएको जनाइएको छ । घटनास्थल राजधानी तेगुसिगाल्पादेखि १९० किलोमिटर टाढा पर्दछ ।

राष्ट्रपतिका एक सहयोगीले कारागार प्रणालीलाई आफूहरूले पुनःसंरचना गर्न लागेको बताएका छन् । उनले त्यसका लागि हस्तक्षेप गर्न आवश्यक भएको धारणा राखेका सिन्ह्वाले जनाएको छ ।

होन्डुरसका कारागारहरूमा भीडभाडका साथ २१ हजार कैदीहरूलाई राखिएको सम्बद्ध अधिकारीहरूले जानकारी दिएका छन् ।