राजकुमार ह्यारी र मेगनले क्रिसमस क्यानडामा मनाउने

राजकुमार ह्यारी र मेगनले क्रिसमस क्यानडामा मनाउने


बेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मार्केलले यस वर्षको क्रिसमस पर्व क्यानाडामा मनाउने भएका छन् ।

क्रिश्चियन धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व मानिने क्रिसमसको अवसरमा पर्व विदा लिएर राजकुमारको जोडी क्यानडा जान लागेको हो ।

सुरक्षाको कारण र निजी भ्रमण भएकाले उहाँहरूको भ्रमणका बारेमा विस्तृत विवरण भने सार्वजनिक नगरिएको दरबार श्रोतलाई उद्धृत गर्दै एएनआईले जनाएको छ । उनीहरूले यसलाई ‘गोपनीयताको सम्मान’का रुपमा पनि व्याख्या गरेका छन् ।

यसअघि पनि राजकुमार ह्यारी र श्रीमती मेगन बेला–बेलामा क्यानाडा जाने गरेका र त्यसैको निरन्तरतास्वरुप यो भ्रमण हुन लागेको बताइएको छ ।