बास्केटबल खेलाडी सम्मानित

बास्केटबल खेलाडी सम्मानित


भंगालस्थित भ्याली पब्लिक स्कुलले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्वविद्यार्थी खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

महिला टिमका तीन खेलाडी सम्मानित भएका हुन् । फुल कोर्टमा सहभागी प्रतिक्षा मगर तथा थ्री बाइ थ्रीमा सहभागी सोनी वाइबा र मिना गुरुङ सम्मानित भए । महिलाको फुल कोर्टमा नेपाल दोश्रो तथा थ्री बाइ थ्रीमा तेश्रो भएको थियो । उनीहरुलाई जनही ८ हजार १ सय ५५ रुपैयाँ प्रदान गरियो ।

भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर गुरुङ, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्ण अधिकारी, को–फाउन्डर सुनिता अधिकारी, समाजसेवी तारा पोखरेललगायतले उनीहरुलाई नगद प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा पावर लिफ्टिङका च्याम्पियन अनुप कार्कीलाई पनि सम्मान गरिएको थियो ।