‘साग’का बक्सिङ स्वर्ण विजेता सम्मानित

‘साग’का बक्सिङ स्वर्ण विजेता सम्मानित


१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णविजेता खेलाडी सनिल शाही (पुरुष ६० केजी), भुपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) पुरस्कृत एवम् सम्मानित भएका छन् ।

स्वर्ण विजेतालाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष विष्णुगोपाल श्रेष्ठले व्यक्तिगत रुपमा नगद पुरस्कार प्रदान गरेर सम्मान गरेका हुन् । खेलाडीलाई अवालेले जनही १ लाख ५० हजार तथा श्रेष्ठले जनही ५० हजार नगद पुरस्कार प्रदान गरेका छन् ।