इन्डो कराते तथा किक बक्सिङ प्रतियोगिता पुस ५ मा

इन्डो कराते तथा किक बक्सिङ प्रतियोगिता पुस ५ मा


शाखा डोजो नवशान्तिको आयोजनामा १७औँ इन्डो नेपाल कराते तथा किक बक्सिङ प्रतियोगिता पुस ५ गतेदेखि संचालन हुने भएको छ । डोजोले आफ्नो वार्षिक कार्यक्रम अनुसार प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

उत्तरी भेगमा छरिएर रहेका प्रतिभाशाली खेलाडीहरुको क्षमता उजागर गर्नुका साथै तारकेश्वर नगरपालिकामा सितोरियो करातेको विकास विस्तार र खेलाडीको बिकास प्रतियोगिताको आयोजना गर्न लागिएको डोजो प्रमुख राजेन्द्र कुमार ओझाले जानकारी दिए ।

प्रतियोगितामा ३०० जना खेलाडीहरु सहभागिता जनाउने छन् । अफिसियल कराते तर्फ २२ इभेन्ट, काता तर्फ ४ इभेन्ट र किक बक्सिङ्ग तर्फ ४ इभेन्ट हुनेछ । कुल ३० स्वर्णका लागि खेलाडीहरुले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।