एक्सेल्सियर कप फुटबल र बास्केटबल बुधबारदेखि

एक्सेल्सियर कप फुटबल र बास्केटबल बुधबारदेखि


द एक्सेल्सियर स्कुलको आयोजनामा आठौं एक्सेल्सियर कप अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता मंसिर २ गते बुधबारदेखि हुने भएको छ । बास्केटबलमा २६ र फुटबलमा ३६ गरी जम्मा ६२ टिमको सहभागिता रहने आयोजित पत्रकार सम्मेलनमा एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले जानकारी गराए ।

बास्केटबलको सिनियर ब्वाइजमा १२, जुनियर ब्वाइजमा ११ र गल्र्समा १३ टिमको सहभागिता रहने छ । फुटबलको यु–१२ ब्वाइजमा १६, यु–१६ ब्वाइजमा १२ र यु–१६ गल्र्समा ८ टिमले भाग लिने छन् ।

फुटबल फाइभ ए साइड स्वरुपमा हुने छ । गल्र्स फुटबल पहिलो पटक समावेश गरिएको हो । खेलकुदमा महिलाको पनि समान सहभागितालाई ध्यानमा राखि महिला फुटबल थप गरिएको प्रिन्सिपल रजकले बताए ।

फुटबलको यु–१२ ब्वाइजमा एक्सेल्सियर र यु–१६ ब्वाइजमा त्रिनेत्र तथा बास्केटबलको जुनियर ब्वाइजमा र सिनियर ब्वाइज दुवैमा रेडिअन्ट पब्लिक स्कुल र गल्र्समा स्वर्णिम डिफेन्डिङ च्याम्पियन हुन् ।

पुस ११ गतेसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा हुने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीले जानकारी दिए ।