करातेका पदकविजेता सम्मानित

करातेका पदकविजेता सम्मानित


१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा पदक जित्न सफल ललितपुरका खेलाडी र प्रशिक्षकलाई ललितपुर जिल्ला कराते महासंघले नगदसहित सम्मान गरेको छ ।

करातेको पुरुष ८४ केजीमाथि विप्लवलाल श्रेष्ठले स्वर्ण, पुरुष ८४ केजीमुनि दिवस श्रेष्ठले रजत तथा पुरुष टिम कुमुतेमा मुकुन्द्र महर्जन र विनोद शाक्य गुभाजुले कांस्य जितेका थिए ।

स्वर्ण विजेतालाई २५ हजार, रजतलाई १५ हजार र कांस्यलाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरियो । काता प्रशिक्षकद्वय गोपाल महर्जन र गंगाराम महर्जन तथा कुमुते प्रशिक्षक दीपक श्रेष्ठलाई जनही १५ हजार नगद पुरस्कार दिइयो ।

सो अवसरमा निर्णायकद्वय राजेन्द्र कपाली र महेश रन्जितलाई जनही १० हजार नगद पुरस्कारबाट पुरस्कृत गरियो । उनीहरुलाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन, ललितपुर जिल्ला कराते महासंघका अध्यक्ष सानुलाल श्रेष्ठ लगायतले सम्मान गरेका थिए ।