को–को हुन् सागमा स्वर्ण पदक जित्ने नेपाली खेलाडी ?

को–को हुन् सागमा स्वर्ण पदक जित्ने नेपाली खेलाडी ?


मंगलबार (२४ मंसिर) साँझ भव्यताका साथ सम्पन्न १३औँ साग प्रतियोगितामा ५१ वटा स्वर्णसहित २०६ वटा पदक जितेर नेपाल दोस्रो भएको छ । यसरी ऐतिहासिक जित दिलाएर मुलुकलाई गौरवान्वित तुल्याउने खेलाडीहरूमध्ये ५१ वटा स्वर्ण पदक दिलाउने खेलाडी को–को हुन् र कुन खेलका लागि तिनले स्वर्ण हासिल गरे त ?

कराँते (एकल काता)– मण्डेकाजी श्रेष्ठ, कराँते (टिम काता, पुरुष)– मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रवीण मानन्धर, कराँते (टिम काता, महिला)– निर्मला तामाङ, सङ्गीता मगर, सरु कार्की, कराँते (५५ केजी)– लक्ष्मण तामाङ, कराँते (८४ केजीमाथि)– विप्लवलाल श्रेष्ठ, कराँते (४५ केजी मुनि)– कुसुम खड्का र कराँते (५० केजीमुनि) अनु अधिकारीले स्वर्ण पदक जित्नुभयो ।

त्यसैगरी, कराँते (६७ केजी)– नवीन रसाइली, कराँते (६८ केजी)– सुनिता महर्जन, कराँते (६८ केजी)– अनुपमा मगर, तेक्वान्दो पुम्से (२३–२९ वर्ष)– कमल श्रेष्ठ, तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– सिना मादेन लिम्बु, तेक्वान्दो पुम्से (२३–२९ वर्ष)– पार्वती गुरुङ, तेक्वान्दो पुम्से (२९ वर्षमाथि)– आयशा शाक्य, तेक्वान्दो पुम्से (२९ वर्षमाथि)– आयशा शाक्य र सञ्जिवकुमार पाण्डेले नेपाललाई स्वर्ण पदक दिलाउनुभयो ।

पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना, पुम्से महिला टिम (२३–२९ वर्ष)– निता गुरुङ, प्रशंसा क्षेत्री र सशीला राई, तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ, तेक्वान्दो (६८ केजीमुनि)– वीरबहादुर महरा, ट्रायथलनमा सोनी गुरुङ, डुवाथोलनमा हिमाल टमाटा, उसु (थाउलो) मा विजय सिन्जाली, उसु (थाउलो)तर्फ सुस्मिता तामाङ, उसु (थाउलो)तर्फ दीपक हमाल, एथलेटिक्स (१० हजार मिटर)मा सन्तोषी श्रेष्ठ, साइक्लिङ (डाउनहिल) मा राजेश मगर र साइक्लिङ (डाउनहिल) मा निश्मा श्रेष्ठले पनि नेपाललाई लागि स्वर्ण पदक दिलाउनुभयो ।

त्यस्तै, तेक्वान्दो (६२ केजीमुनि) – सङ्गीता बस्याल, तेक्वान्दो (८७ केजी)– सक्षम कार्की, उसु (थाउलो नान्दौ)– नीमा घर्तीमगर, साइक्लिङ (क्रस कन्ट्री)– लक्ष्मी श्रेष्ठ, साइक्लिङ (क्रस कन्ट्री)– बुद्धिबहादुर तामाङ, पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह, तेक्वान्दो (८७ केजी)– भुपेन श्रेष्ठ, भारोत्तोलन (५९ केजी)– सन्जु चौधरी र उसु (५६ केजी)– जुनी राईले स्वर्ण पदक हात पार्नुभयो ।

त्यस्तै, एथलेटिक्स (पाँच हजार मिटर दौड)– गोपीचन्द्र पार्की, गल्फ– सुवास तामाङ, गल्फ (टिम इभेन्ट)– सुवास तामाङ, शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङ, भारोत्तलन– विकास थापा, पौडी (दुई सय मिटर ब्याकस्ट्रोक)– गौरिका सिंह, म्याराथन– किरणसिंह बोगटी, कुस्ती (५५ केजी)– सङ्गीता धामी र पौडी (चार सय मिटर फ्रिस्टाइल)– गौरिका सिंहले स्वर्ण पदक जित्नुभयो ।

जुडो (५२ केजीमुनि)– देविका खड्का, बक्सिङ (५४ केजी)– मिनु गुरुङ, बक्सिङ (६४ केजी)– भुपेन्द्र थापा, जुडो (७८ केजी)– पुनम श्रेष्ठ, पौडी (एक सय मिटर फ्रिस्टाइल)– गौरिका सिंह, बक्सिङ (६० केजी)– सुनिल शाही र फुटबल पुरुषमा स्वर्ण पदक प्राप्त भएको छ ।