भिभिआईपी ट्वाइलेट कि रत्नपार्कको शौचालय ?

भिभिआईपी ट्वाइलेट कि रत्नपार्कको शौचालय ?


माथि उल्लेखित दृष्य यतिबेला साफ गेम आयोजना भइरहेको अन्तर्राष्ट्रिय रङ्गशाला दशरथ रङ्गशालाको भिभिआइपी शौचालयको हो । उक्त शौचालय १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई मध्यनजर गरेर नै निर्माण गरिएको हो । तर, यसको उचित रेखदेख सरसफाई नहुँदा भिभिआईपी ट्वाइलेट हो कि रत्नपार्कको सार्वजनिक शौचालय छुट्याउन गाह्रो भएको छ ।

अहिले दशरथ रङ्गशालामा एथलेटिक्सका खेलहरू सञ्चालन भइरहेका छन् । खेलाडी, प्रशिक्षण र पदाधिकारी सौच गर्न यही भिभिआईपी शौचालयको प्रयोग गरिरहेका छन् । उनीहरु यस शौचालयमा प्रवेश गर्दा नाक थुनेर जाने गरेका छन् । भिभिआइपी ट्वाइलेटमा देखिएको यस्तो फोहरको दृष्यले साग आयोजक राष्ट्रको व्यवस्थापन पक्ष निकै कमजोर भएको प्रस्ट रुपमा देखिएको छ । तर अहिलेसम्म पनि उक्त फोहर कसैले सफा गरेको छैन, गर्ने हुन् कि होइनन् त्यसको पनि पत्तो छैन ।

कुनै प्रयोगकर्ताले बेसिनमा बान्ता गरेर छोडेको थुप्रै दिन बितिसक्दा पनि त्यसको सफाई गरिएको छैन । लामो समयसम्म सफाई नहुँदा अहिले त्यसको फोहोरले भिभिआईपी ट्वाइलेटमा निकै दुर्गन्ध फैलिएको छ । तर सम्बन्धित निकायले यसतर्फ अहिलेसम्म कुनै ध्यान दिएको छैन ।