हामी हिटिङ पौडी पोखरीमा खेल गर्न तयार छौँ : बज्राचार्य

हामी हिटिङ पौडी पोखरीमा खेल गर्न तयार छौँ : बज्राचार्य


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडी प्रतियोगिता बिहीबार (१९ मंसिर) देखि सञ्चालन हुँदैछ । यो पटक पौडी खेल सातदोबाटोस्थित नयाँ हिटिङ पौडी पोखरीमा सञ्चालन हुनेछ ।

हिटिङ पौडी पोखरीको निर्माण कार्य अहिले पूर्ण रूपमा सम्पन्न भएको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराए । पौडी पोखरी निर्माण कार्य सम्पन्न सँगै सिट ब्यवस्थापनको कार्य पनि सकिएको छ, अब पौडी पोखरीको भवन र भवनको वरिपरि सफा गर्ने कार्य मात्रै बाँकी रहेको र त्यो पनि मंसिर १८ गते बुधबार बेलुका सम्पन्न सकिने बज्राचार्यले बताए ।

‘हामी नयाँ हिटिङ पौडी पोखरीमा १३औँ सागअन्तर्गतका खेलहरु आयोजना गर्न तयार छौँ, यसमा कुनै द्विविधा छैन । अहिले पौडी पोखरीमा पानी हालेको पनि चार दिन भैसक्यो, पानी बिस्तारै तात्दैछ, आयोजनाको दिनसम्म सबै पूर्ण हुन्छ’, बज्राचार्यले भने ।

१३औँ सागकोे आयोजनाका लागि चुनौती बन्दै गएको भौतिक पूर्वाधारमध्य हिटिङ पौडी पोखरी पनि एक थियो । प्रतियोगिता आयोजना हुने समयसम्म पनि उक्त हिटिङ पौडी तयार हुने कुरामा शंका थियो । तर अहिले पनि हिटिङ पौडी पोखरीको निर्माण कार्य सूचारु रहे पनि प्रतियोगिता आयोजनाको दिनसम्म कुनै समस्या नहुने देखिएको छ ।