१३औँ साग : नेपालले जित्यो पाँच स्वर्ण

१३औँ साग : नेपालले जित्यो पाँच स्वर्ण


१३औँ एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत तेस्रो दिन (१८ मंसिर) दिउँसोेसम्म थप ५ स्वर्ण पदक जितेर नेपालले आफ्नो स्वर्ण पदकको संख्या २८ पुऱ्याएको छ । २८ स्वर्ण पदक जितेको नेपाल पदक तालिकामा अग्रस्थानमै रहेको छ ।

आज बुधबार नेपालको लागि पहिलो स्वर्ण उसुका खेलाडी दीपक हमालले दिलाएका थिए । त्यस्तै, दोश्रो स्वर्ण अनुपमा मगरले कराते खेलमा दिलाएकी थिइन् ।

त्यस्तै, साइक्लीङतर्फ राजेश मगर र दीपक हमालले दोहरो स्वर्ण पदक दिलाएका थिए । यसैगरी तेक्वान्दो खेलमा संगीना बस्यालले स्वर्ण पदक जितेकी छन् ।