आजको पञ्चाङ्ग एवम् राशिफल (१७ मङ्सिर २०७६ मंगलबार, ३ डिसेम्बर २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ मङ्सिर २०७६ मंगलबार, ३ डिसेम्बर २०१९)


■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीशाके १९४१ हेमन्त ऋतु नेपाल सं. ११४० वि.सं. २०७६ मंसिर १७ गते तद्अनुसार सन् २०१९ दिसेम्बर ३ तारिख मंगलबार मार्गशीर्ष शुक्लपक्ष सप्तमी तिथि धनिष्ठा नक्षत्र व्याघ्यात् योग गर करण १०ः२२ पर भद्रा करण आनन्दादिमा उत्पात योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३९ मा र सूर्यास्त साँझ १७ः६ मा हुनेछ । अपाङ्ग भएकाको दिवस ।

आजको राशिफल :

मेष राशि – सुख सन्तति इष्टमित्र बढ्नेछन् । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख शान्ति र सफलता मिल्नेछ । मिठो भोजन पाउनुहुनेछ । बौद्धिक र रचनात्मक कार्यमा आकर्षण बढ्नेछ । स्वास्थ्यवर्द्धक काममा सफलता मिल्नेछ । यात्रा होला । मान महत्व धन सम्पत्ति पद प्रतिष्ठा बढ्ला । ख्याति फैलिनेछ ।

बृष राशि – व्यस्तता बढ्नेछ । रोकिएको काम बन्नेछ । यश वर्चश्व बढ्नेछ । भागदौड, भ्रमण भैरहनेछ । खेलकूदमा रुचि बढ्ला । हांसविलासमा आकर्षण बढ्नेछ । अरुको भरमा नबस्नु उचित हुनेछ । विजयश्री मिल्नेछ, तर विवादमा नपर्नु नै उचित हुनेछ योजनानुसार कार्य गर्नु उचित हुनेछ । समस्याको समाधान मिल्नेछ । विजय प्राप्त होला ।

मिथुन राशि – धन मान बढ्नेछ । आयस्रोत बढ्ला । कार्य व्यवसायको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रा होला । सुख शान्ति आरोग्यता आनन्द बढ्नेछ ।

कर्कट राशि – उच्चाधिकारीहरूसित भेटघाट हुनेछ । उन्नति–पदोन्नति हुनेछ । बोली व्यक्तित्वको प्रभाव बढ्ला । धन यश मान महत्व बढ्ला । भोज भत्तेरमा भाग लिनुहुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बलियो बन्नेछ ।

सिंह राशि – बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सफलता मिल्नेछ । यात्रा होला । साहसिक कर्ममा आकर्षण बढ्ला । मान सम्मान बढ्नेछ । उनन्ति–पदोन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने शक्ति बढ्नेछ । मिठो भोजन मिल्नेछ ।

कन्या राशि – बढी परिश्रम गर्नु परे पनि सफलता मिल्नेछ । कुनै पनि प्रकारको लापर्वाही नगर्नु बेस रहला । आर्थिक र स्वास्थ्यसित सम्बन्धित भूलचुकप्रति सचेत रहनुपर्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । अरुको भर नपरेमा हितकर होला ।

तुला राशि – सुख शान्ति समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नुको साथै सुखको वस्तु पनि भेट्नेछ । मान प्रशंसा हुनेछ । इष्टमित्र सन्तानको सहयोग प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । शुभ कार्य बन्ला । यश वर्चश्व बढ्ला । आरोग्यता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । सुख सम्पति वृद्धि होला । पारिवारीक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । मान महत्व सुख शान्ति बढ्नेछ । आफन्तको सहयोग समर्थन पनि मिल्नेछ । वार्तामा सफलता प्राप्त होला । विजयश्री प्राप्त होला ।

धनु राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्ला । कार्य क्षेत्रमा सफलता मिल्नेछ । सुख शान्ति बढ्ला । सन्तान सुख मिल्नेछ । साथीभाइको सहयोग समर्थन मिल्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । सुख शान्ति बढ्ला । विद्याबुद्धि बढ्ला । जोखिमप्रति सचेत रहनुपर्ला ।

मकर राशि – भागदौड व्यस्तता रहनेछ । खर्च बढ्नेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । विवाद आदिमा नपर्नु उचित रहनेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । हरेक प्रकारका जोखिमप्रति सचेत रहनुपर्नेछ ।

कुम्भ राशि – सुख समृद्धि बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आँट उत्साह बढ्नेछ । यात्रापरक कार्य बन्ला । आयस्रोत बढ्ला । लगानी बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन राशि – धन मान गौरव बढ्नेछ । सुख शान्ति समृद्धि बढ्ला । कार्य क्षेत्र र पारिवारिक क्षेत्रमा पनि अनुकूलता बढ्ला । उन्नति–पदोन्नति होला । यश वर्चश्व बढ्नेछ । विजयश्री प्राप्त होला । रोकिएको काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।