रौतहट गढीमाई-२ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी

रौतहट गढीमाई-२ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी


■ आरके श्रीवास्तव, रौतहट

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेदवार दीपेन्द्र श्रेष्ठ वडाध्यक्षमा विजयी भएका छन् । ७ सय ७१ मत ल्याएर श्रेष्ठ विजयी भएका हुन् । उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार जवार मियालाई १ सय ७५ मतले हराएका हुन् ।

नेकपाका मियाले ५ सय ९६ मत ल्याएका थिए भने समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका दिनेश दासले १ सय २२ मत ल्याए । १ हजार ८ सय २२ मत रहेको सो वडामा २ वटा मतदान स्थलको तीनवटा केन्द्रबाट मतदान भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिनुभयो । यस वडामा ८५ प्रतिशत मत खसेको थियो ।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनका राजपाबाट निर्वाचित वडाअध्यक्ष जोगी दास तत्माको मृत्यु भएपछि यस वडामा निर्वाचन भएको हो । मृतक जोगी दासका छोरा दिनेश दासले समाजवादी पार्टीको तर्फबाट उमेदवारी दिएका थिए ।