शिवराज-१० मा राजपा उम्मेदवार मन्जु विजयी

शिवराज-१० मा राजपा उम्मेदवार मन्जु विजयी


■ एस क्षेत्री, कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका-१० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्रले वडाध्यक्षमा जित हासिल गरेकी छिन् ।

निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मतमध्ये मत ८ सय ६८ ल्याई मिश्र विजयी बनेकी हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका देव भारतीलाई ४ सय ६५ मत हासिल भएको छ ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अदालत मनिहारले १ सय ४७, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी १ सय ७५, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्र ११, मत प्राप्त गरेका छन् भने २१ मत बदर भएको छ । चन्द्रौटा दुर्गा मन्दिर परिसरमा मतगणना भएको थियो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधन भएपछि रिक्त रहेको पदमा अहिले उपनिर्वाचन भएको हो। वडाध्यक्ष पदका लागि भएको उक्त निर्वाचनमा ७ राजनीतिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जनाको प्रतिस्पर्धा रहेको थियो ।