समाजवादी फोरमका विद्यार्थी नेताद्वारा पार्टी परित्याग

समाजवादी फोरमका विद्यार्थी नेताद्वारा पार्टी परित्याग


■ प्रिंस मिश्रा, कपिलवस्तु

समाजवादी विद्यार्थी फोरम प्रदेश नं ५ का प्रदेश उपाध्यक्ष निर्भय सिंहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उपाध्यक्ष सिंहले एक विज्ञप्ती जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

विगत सात वर्षदेखि आफूले मधेसी फोरममा सक्रिय भएर काम गरेको जानकारी दिँदै पछिल्लो परिवेशमा दुइ वर्ष प्रदेश उपाध्यक्ष पदमा बसेर विद्यार्थीको हकअधिकारको लागि काम गरे पनि आफ्नो कामलाई पार्टीले महत्व नदिएको उनले दुःखेसो गरेका छन् ।

पार्टीले नयाँ मान्छे भित्र्याउन आफूजस्ता पुराना कार्यकर्तालाई महत्व नदिएको, योगदानको कदर नगरेको सिंहको आरोप छ । तत्कालिन संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी विद्यार्थी फोरम नेपालको प्रदेश ५ उपाध्यक्षलगायत पार्टीको साधारण सदस्यसमेत नरहने गरी आफूले पार्टी परित्याग गरेको सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।