मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डल पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले शुक्रबार सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थाबाट कार्यालयबाटै पक्राउ गरेको हो ।
उनलाई मालपोत कार्यालयको कागजात अदालत पठाइदिन सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थाबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।
पक्राउ परेका मण्डललाई थप अनुसन्धानको लागि अख्तियारको कार्यालय बर्दिबास ल्याइने तयारी भइरहेको स्रोतले बताएको छ ।
प्रतिक्रिया