नेकपा सचिवालय बैठक : अनुशासनमा बोहरा र लेखामा कँडेल

नेकपा सचिवालय बैठक : अनुशासनमा बोहरा र लेखामा कँडेल


सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार बिहान बसेको सचिवालय बैठकले पार्टीका विभिन्न केन्द्रीय आयोगका अध्यक्ष र सचिव चयन गरेको छ ।

बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहरालाई चयन गरेको छ । सोही आयोगको सचिवमा अशोक रोकाया चयन भएका छन् ।

यसैगरी केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य, केन्द्रीय सल्लाहकारको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवालीलाई बैठकले चयन गरेको छ ।