४ माघ २०७७, आईतवार

सीमा समस्याबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

  प्रकाशित मिति
२२ कार्तिक २०७६, शुक्रबार १३:५०


नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालकाअनुसार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग प्रधानमन्त्रीले शनिबार छलफल गर्न लाग्नुभएको हो ।

‘प्रधानमन्त्रीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरले नै वार्ता गरी समस्या समाधान गर्न सबैसँग छलफल गर्न बैठक आह्वान गर्नुभएको हो’, सल्लाहकार डा अर्यालले भन्नुभयो । बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायतका राजनीतिक दल, पूर्वपरराष्ट्रमन्त्री तथा नेपाल भारत सीमाबारे जानकारहरुको सहभागिता हुनेछ ।

भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्शामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भूभाग पारेको भन्दै विरोध भइरहेको छ । सत्तारुढ नेकपा निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियू, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस निकटको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले सीमाका बारेमा भारतले सार्वजनिक गरेको नक्शाको विरोध गरिरहेका छन् ।

आज पनि भारतीय दूतावास नजिक विभिन्न समूहले प्रदर्शन गर्दै विरोध गरेका थिए । परराष्ट्र मन्त्रालयले यही कात्तिक २० गते प्रेस विज्ञप्तिमार्फत कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पारिसकेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो– कालापानी क्षेत्र नेपालको भूभाग हो ।
rss



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको आइतबार बिहान राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य

बागलुङ नगरपालिका-१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका-१ अदुवाबारी जोड्ने देशकै लामो (५६७ मि) झोलुङ्गे पुलको नामकरणका लागि सम्भाव्य नाम पठाउन

चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको छ ।

डम्बर निदाल, डडेल्धुरा डडेल्धुरामा पहिलो पटक गब्य धुप बनाउन शुरु गरिएको छ । जिल्लाको अजयमेरु गाउँपालिका–३ गुनपालका एक स्थानीयले व्यवसायिक