सुनको मूल्य फेरि उकालो लाग्दै

सुनको मूल्य फेरि उकालो लाग्दै


निकै उतारचढावबीच कारोबार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला सात सयले वृद्धि भएको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बिहीबार छापावाला सुन ७० हजार ५०० मा खरीद बिक्री भएको थियो ।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि ७०० ले वृद्धि भएर प्रतितोला ७० हजार ९०० कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ७० हजार २०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य पनि १० ले वृद्धि भएर प्रतितोला ८७० पुगेको छ ।

पछिल्लो १५ दिनको अवधिमा सुनको मूल्य दुई पटक घटेको छ भने चार पटक वृद्धि भएको छ । कात्तिक १ गते छापावाला सुन प्रतितोला ७० हजार ६०० र तेजाबी सुन ७० हजार ३०० मा खरीद बिक्री भएको थियो ।