अष्ट्रेलियाको राहदानीबाहकले नेपालमा रहँदा के गर्नु हुँदैन ?

अष्ट्रेलियाको राहदानीबाहकले नेपालमा रहँदा के गर्नु हुँदैन ?


■ राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

के तपाईं अष्ट्रेलियन पासपोर्टधारी हुनुहुन्छ ? या, तपाईं नेपालमा जन्मिएर अष्ट्रेलियाको नागरिक बन्नुभएको हो ? यदि हो भने नेपाल जाँदा ध्यान पुऱ्याउनुहोला । किनकि, तपाईंले नेपाल बसाईका क्रममा नेपालको कानुन तोड्ने काम गर्नुभयो भने नेपालकै कानुनअनुसारको सजायं भोग्नुपर्ने हुन्छ । नेपालमा पाएको सजायबाट तपाईंलाई मुक्त गराउन या सजायंबाट जोगाउंन अष्ट्रेलियाको सरकारले केही पनि गर्न सक्ने अवस्था रहने छैन ।

अस्ट्रेलियाली नागरिकता लिएका नेपाली मूलका व्यक्तिहरूले नेपाल जाँदा त्यहाँको कानून पालना गर्नुपर्ने र कुनै अपराधवापत जेल जानु परे अस्ट्रेलियन सरकारले उनीहरूलाई जेलबाट निकाल्न नसक्ने विदेश मन्त्रालयले जनाएको छ ।

यहाँको विदेश मामिला मन्त्रालयले आफ्नो स्मार्ट ट्राभलर नामक वेभसाइडमा उल्लेख गरेअनुसार नेपालमा छँदा अस्ट्रेलियन राहदानीबाहकलाई नेपालकै कानुन लाग्ने बताएको छ । वेभसाइडमा भनिएको छ– ‘अरूको मूलुकमा गएर कुनै अपराध गरिएको छ भने अस्ट्रेलियाली सरकारले केवल कन्सुलर सेवा मात्र उपलब्ध गराउन सक्छ ।’

वेभसाइडमा नेपाल र अस्ट्रेलियाबीच दोहोरो नागरिकता सम्झौता नभएका कारण कन्सुलर सहायतामा थप कठिनाई हुनसक्ने पनि बताइएको छ ।

यसैगरी, नेपाली कर्मचारीलाई घूस दिएको प्रमाणित भएमा, जबर्जस्ती विवाह गरे–गराएमा, हुन्डी कारोबारमा सरिक भएमा, आतङ्कवादी कार्यमा सामेल भएमा वा बाल यौन दुराचारमा संलग्न भएको पाइएमा पनि नेपालले आफ्नो मुलुकको कानुनअनुसार कारबाही गर्न सक्छ । साथै, बाल अश्लीलतासम्बन्धी सामग्री हेरेको, वितरण गरेको वा निर्माण गरेको प्रमाणित भएमा वा बालयौन–पर्यटनलाई बढावा दिने कार्यमा लागेको पाइएमा पनि नेपाल सरकारले कानुनी कारबाही गर्न सक्ने वेबसाइडमा उल्लेख गरिएको छ ।

pict: smart traveller