राजनीति बिग्रँदा देश बिग्रन्छ : सांसद बस्नेत

राजनीति बिग्रँदा देश बिग्रन्छ : सांसद बस्नेत


प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको शुरुवात भएको बताएका छन् ।

बिहीबार भक्तपुरको दुवाकोटमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान सरकारले अभियानको शुरुवात गर्दै देशमा सुशासनको प्रत्याभूति दिएको बताए ।

वर्तमान सरकारले नेपाली समाजलाई अपराधमुक्त, शान्ति र समृद्धितर्फ अगाडि बढाएको बताउँदै राजनीति बिग्रँदा देश बिग्रने भएकाले राजनीतिलाई सही बाटोमा ल्याउने काम भइरहेको उनको भनाइ छ ।

सांसद बस्नेतले आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं. १ ‘क’ मा हुने प्रदेश सभाको उपनिर्वाचन निष्पक्ष बनाउन आफू लाग्ने बताउँदै नेकपाको सिद्धान्त र स्व. हरिशरण लामिछानेको उद्देश्यलाई आत्मासात् गर्ने व्यक्तिलाई नेकपाको तर्फबाट उम्मेदवार बनाउने बताए ।