महरा प्रकरण पनि षड्यन्त्र !

महरा प्रकरण पनि षड्यन्त्र !


कृष्णबहादुर महरा प्रकरण एक आपराधिक प्रकृतिको घटना मानिएको भए पनि प्रचण्डले यसलाई गम्भीर षड्यन्त्रका रूपमा लिनुभएको छ । महरालाई पदमुक्त गराई यस अवस्थामा पुऱ्याउन अमेरिका, भारत र स्वयम् केपी शर्मा ओली लागिपरेको भन्ने बुझाइ प्रचण्डको छ ।

रोशनी शाहीसँग महराको निकटतम सम्बन्ध रहेको पत्ता लागेपछि शाहीको बासस्थानवरिपरि सीसीटीभी जडान गरिनु र महराविरुद्ध उजुरी गर्न रोशनीलाई बाध्य तुल्याउनु महराविरुद्धको षड्यन्त्र थियो भन्ने प्रचण्डको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओली महरालाई सभामुख बनाउने पक्षमा पहिले पनि नरहेको र प्रधानमन्त्रीले केही महिनाअघि नै सभामुख पद त्याग गरेर मन्त्रिमण्डलमा सामेल हुन महरालाई अनुरोध गर्नुभएको, महराले अस्वीकार गरेपछि षड्यन्त्रमूलक ढङ्गले उहाँलाई फसाइएको भन्ने ठहर प्रचण्डले गर्नुभएको छ ।

महरा प्रकरणप्रति प्रचण्डको धारणा बुझ्दा उहाँ महराको राजनीतिक पुनर्जीवनको पक्षमा भएको बुझिन्छ । जे होस्, महरा प्रकरणले पनि प्रधानमन्त्री र प्रचण्डबीच अविश्वास र तनाव बढाएको छ । अन्ततः आफ्नैविरुद्ध समेत केपीले कुनै गम्भीर षड्यन्त्र रच्न सक्ने आशङ्का प्रचण्डमा पैदा भएको छ ।

यो पनि हेर्नुहोस्-

महरा भन्छन्- ‘केपीले मलाई फसाए’
https://ghatanarabichar.com/168821