साझा पार्टीले कास्कीमा रजनी केसीलाई उठाउने

साझा पार्टीले कास्कीमा रजनी केसीलाई उठाउने


मंसिर १४ गते प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मंगलबार र बुधबार पोखरा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी गत भदौमा मात्र साझा पार्टीमा प्रवेश गरेकी हुन् । उनले वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासन पदबाट राजीनामासमेत दिएकी थिइन् ।

रजनीको सम्भावित उम्मेदवारीलाई आमरुपमा सकारात्मक दृष्टिले हेरिएको छ । नेपालको बिग्रिँदै गएको राजनीतिमा सुधार ल्याउन केसीजस्ता सकारात्मक सोच र उर्जावान् युवाहरुको संलग्नता एवम् सक्रियताको खाँचो रहँदै आएको सचेत तप्काको मत छ ।