कारवाहीमा परेका नेकपाका नेता प्रहरी नियन्त्रणमा

कारवाहीमा परेका नेकपाका नेता प्रहरी नियन्त्रणमा


सरकारद्वारा प्रतिबन्धित नेकपाका महाासचिव विप्लवद्वारा आफ्नो पार्टीका एक नेता गुणराज लोहनीलाई पार्टीका जिम्मेवारीहरुबाट मुक्त गरिएको भनी विज्ञप्तिमार्फत जानकारी गराइएको भोलिपल्टै नेकपाका नेता लोहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लोहनीलाई आज (५ कात्तिक) विहान चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। बुद्धिजीवी नेता भनेर समेत चिनिएका लोहनी नेकपाका केन्द्रीय सदस्य रहेका थिए । उनलाई स्वास्थ्य समस्याको कारण देखाउँदै जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्ति विप्लवले हिजो (४ कात्तिक) मात्रै जारी गरेका थिए।

पार्टीको आठौँ पूर्ण बैठकले लोहनीलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय लिएको विप्लवको विज्ञप्तिमा जनाइएको छ । तर, यसरी पार्टीको जिम्मेवारीबाट एकाएक मुक्त गरिएका व्यक्तिलाई प्रहरीले किन पक्राउ गर्यो भन्ने जिज्ञासा पैदा भएको छ ।