‘सीजीसँग उत्साह-उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’

‘सीजीसँग उत्साह-उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’


यस वर्षको महान् चाडपर्वलाई लक्षित गरी नेपालको नं १ ब्राण्ड सीजीले ‘सीजीसँग उत्साह–उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ नामक स्किम अघिसारेको छ । यस स्किमको पहिलो चरणको लक्की–ड्र सीजीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

सीजीले जनाएअनुसार गत भदौ २० गतेदेखि लागु गरिएको उक्त योजनामा सीजी ब्राण्डका प्रत्येक होम अप्लायन्स (घरेलु उपकरणहरू)को खरिदमा थुप्रै आकर्षक उपहारहरू राखिएको थियो । त्यसका लागि गत असोज १६ गते गरिएको लक्की–ड्रमा सुनसरी खनारका भरत साह (९८१०५२८९८६) र गोदावरीका कुमार लामा (९८६११७०२६२) गरी दुई जोडी भाग्यशालीले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन् । उक्त योजना सीमित अवधिको लागि अझै बाँकी रहेको र अन्य धेरै आकर्षक उपहारहरू पनि बाँकी रहेकोे कम्पनीले जानकारी दिएको छ ।