आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०७६ बिहीबार, १० अक्टुबर २०१९)





■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीशाके १९४१ नेपाल सं. ११३९ शरद ऋतु परिधावी नामक सम्वत्सर वि.सं. २०७६ आश्विन २३ गते बिहीबार तद्अनुसार सन् २०१९ अक्टुवर १० तारिख आश्विन शुक्लपक्ष द्वादशी तिथि शतभिषा नक्षत्र गण्ड योग बब करण ६ः५४ पर कौलव करण आनन्दादिमा बज्र योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ६ः०१ मा भयो र सूर्यास्त साँझ १७ः३९ मा हुनेछ ।

आजकोे राशिफल :

मेष राशि – ग्रहगोचर शुभ फलदायक छ । आयस्रोत बढ्ला । भागदौड चलिरहनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक कार्यमा अनुकूलता रहला । अरुको भर नपर्दा उचित हुनेछ । लगानी उठ्ला । कार्यव्यपारमा सफलता मिल्नेछ । यात्रासित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख समृद्धि हासिल हुनेछ ।

बृष राशि – सुख सम्पति धन मान आनन्द बढ्नेछ । शक्ति सामर्थ्य बढ्नेछ । राजकीय कार्य बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखेर आशा उत्साह वृद्धि होला । उच्चाधिकारीको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ ।

मिथुन राशि – सुख आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । रोकिएको काम बन्ला र नयाँ कार्य पनि बन्नेछ ।

कर्कट राशि – भागदौड भैरहला । कठोर परिश्रमले समस्याको समाधान मिल्नेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । इष्टमित्रको सहयोग प्राप्त होला । विजयश्री मिल्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ला । ऋण रोग र शत्रुलाई उपेक्षा गर्नु उचित हुनेछैन ।

सिंह राशि – ग्रहगोचर शुभ फलदायक रहला । धन सम्पत्ति मान महत्व बढ्नेछ । मिठो भोजन मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सुख आनन्दमा आकर्षण बढ्ला । पारीवारिक सुख बढ्ला ।

कन्या राशि – देखापरेको समस्याको समाधान मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बलियो हुनेछ । प्रसिद्धि फैलिनेछ । धन यश मान प्रशंसा बढ्ला । यात्रा होला । प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ ।

तुला राशि – प्रेममा सफलता मिल्नेछ । धन सम्पति वृद्धि होला । सुख आनन्द बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम तथा बौद्धिकता र रचनात्मकतासित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । वार्तामा सफल हुनुको साथै विजयी पनि हुनुहुनेछ । ऐश्वर्य तथा उत्साह बढ्ला ।

वृश्चिक राशि – हांसविलासमा रुचि बढ्ला । कठोर परिश्रमले मनोकूलको काम बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । धन सम्पत्ति बढ्नेछ तर अत्यन्तै बढी प्रयास र प्रयत्नले । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । विकासको नयां सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ ।

धनु राशि – भय भ्रम खर्च आदिमाथि नियन्त्रण बढ्ला । नियमकानूनले साथ दिनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्ला । स्वास्थ्यमा सुधार आउनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पत्ति ऐश्वर्य बढ्नेछ । हांसविलासमा आकर्षण वृद्धि हुनेछ ।

मकर राशि – अन्न धन बढ्नेछ । सुख आनन्द बढ्ला । आयस्रोत बढ्ला । रोकिएको धन प्राप्त होला । दूर देशबाट शुभ समाचार प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । मान सम्मान बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कुम्भ राशि – कार्यमा सफलता प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नयाँ कार्यमा सफलतासँगै नयाँ दायित्वको पनि प्राप्ति होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ ।

मीन राशि – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खर्च र लगानी बढ्नेछ । दूरदेशको यात्रा होला । हांसविलासमा रुचि बढ्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । यश वर्चश्वमा वृद्धि होला । ख्याति फैलिनेछ । मान पुरस्कार प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु बेस होला । कुनै प्रकारको लापर्वाही गर्नु उचित हुनेछैन ।

प्रतिक्रिया