यसरी उब्जियो ‘बेल्ट एण्ड रोड’ र ‘इण्डोप्यासिफिक एलाइन्स’





■ भरतबहादुर विसुराल ‘ दि हिमालयन टाइगर’

सन् १९४९ मा माओको नेतृत्वमा कम्युनिष्ट पार्टीको गठन भयो । चीनका मुख्य भागहरू (मेनल्याण्ड) समेत कब्जा गर्न थालेपछि राष्ट्रवादी भनिनेहरू भागेर ताइवानमा जम्मा हुन पुगे । उनीहरूलाई अमेरिकाले सोल गभर्नमेन्ट अफ पिपुल्स रिपब्लिक अफ चीनको मान्यता दिएर सहयोग गर्न थालेपछि चीन र अमेरिकी सम्बन्ध दुई दशक भन्दा लामो समय बिग्रियो ।

खासगरी अमेरिकाले कम्युनिष्टहरूलाई विद्यालय र श्रमिक युनियनलाई बिगार्छ, दुरुपयोग गर्दछ भन्ने धारणा राख्दछन्, त्यसकारण पनि अमेरिका ‘एण्टी कम्युनिष्ट कन्ट्री’को रूपमा चिनिन्छ । नेता देङ साओपिङको सङ्गठन विस्तार गर्ने दक्षता राम्रो मान्दामान्दै पनि व्यक्तिगत इच्छा र स्वार्थअनुसार जनतालाई आफ्नो गतिविधि गर्न र निर्णय लिनु–दिनु पर्दछ भन्ने उदारवादी अडान र माओको सबैलाई समान रुपमा चलाउनुपर्छ भन्ने समानतावादी नीतिले मेल खान नसकेपछि चीनको महान सांस्कृतिक क्रान्तिमा दुवै नेता सँगै बसेर काम गर्ने वातावरण मिलेन, त्यसकारण माओले देङ साओपिङका सबै पद खोसेर जिम्मेवारीबाट अलग गरी परिवारसहित निर्वासनमा जियाक्सी प्रान्तमा पठाइएको अवस्था थियो भने पार्टीका दक्ष कार्यकर्ता नेता र बुद्धिजीवी, ब्युरोक्र्याट, दक्ष युवा र पेशागत अनुभवी व्यक्तित्वहरू सबै जेलमा थिए भने केही माइन्स फ्याक्ट्री, उद्योग कल–कारखानाहरूमा काम गराउन श्रम शिविरमा राखिएको थियो । केही खेती–किसानीका लागि खेतबारीमा काममा जोताइन्थ्यो । बाँकी युवा र जनशक्ति अदक्ष र दिशाहीन अनुभवहीन जोश–जाँगर नभएका अशिक्षित थिए । स्कूलहरूमा पढाई हुँदैनथ्यो, सबै स्कूल बन्द थिए ।

त्यस्तो दर्दनाक अवस्थाले चीनलाई गतिहीन अवस्थामा पुऱ्याएको थियो । त्यसकारण पनि सन् १९७६ मा माओको निधन हुँदा उर्दी अर्डरका साथ सरकारले शोक मनाउन लगाउनु परेको थियो । अर्कोतिर माओ जस्तो तेज भएको नेतृत्व खट्किएर चीनमा सन्नाटा पनि छाएकै थियो । तथापि, माओले आफ्ना उत्तराधिकारी हुआ गुओफेङलाई बनाइसकेकाले चीन नेतृत्वविहीन हुन नपरे पनि नेता हुआलाई ग्याङ अफ फोरको गतिविधिप्रति सम्पूर्ण जानकारी नै थिएन । अन्ततः आफ्नै रक्षामन्त्री एजी इनिङ र जर्नेलहरूले खबरदारी दिने अवस्था आइपुग्दा उनीहरूको गतिविधि रोक्न ढिला भैसकेको थियो ।

माओकै कार्यकालमा सन् १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जर गोप्य रूपमा चीनको बेइजिङ यात्रामा गए र प्रधानमन्त्री झाउ एनलाई र नेता माओसँगको गोप्य वार्तापछि भएको निर्णयबमोजिम विश्वलाई नै आश्चर्यचकित पार्दै १५ जुलाई १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले आफू आगामी वर्ष सन् १९७२ मा चिनियाँ नेता माओको औपचारिक निमन्त्रणामा चीनको एकहप्ते राजकीय भ्रमणमा जाने घोषणा गरेका थिए । तद्नुसार २१ देखि २८ फेव्रुअरी १९७२ मा राष्ट्रपति निक्सन बेइजिङ पुगी आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार प्रमुखको टिम लिएर चीनका नेता माओसँग वार्तामा बसे भने उनकी श्रीमती अमेरिकी प्रथम महिला पाट निक्सन ठूलो पत्रकार टिम लिएर चीनका ठूला शहरहरू ह्याङजाओ, बेइजिङ र संघाइका फ्याक्ट्रीहरू, अस्पताल र स्कूलको अवलोकनतिर लागेकी थिइन् । त्यसपछि सबै अमेरिकनहरूका लागि भ्यू भिजन गर्न चीन खुल्ला गरियो ।

कालक्रम अनुसार नेता माओको निधनपश्चात सन् १९७७ मा बसेको पोलिटव्यूरो मिटिङमा धेरै पोलिटब्यूरो सदस्यहरूले नेता देङ साओपिङको बारेमा सकारात्मक पक्ष लिएर बोलेको र नेता देङले पनि १० अप्रिल १९७७ मा नेता हुआ गुओफेङलाई लेखेको पत्रमा आपूm देशको निमित्त नेता हुआको नीति अनुसरण गर्न तयार रहेको जानकारी गराएपछि त्यसपत्रको आशय बुझ्न बृहद बहस बसेको पोलिट व्युरो बैठकले नेता देङ साओपिङलाई जुलाई १९७७ मा उनको पुरानो पदमा बहाली गर्ने निर्णय गऱ्यो भने अगष्ट १९७७ मा ११औं पार्टी कांग्रेसले नयाँ समितिको उपाध्यक्षमा नियुक्ति गर्नुका साथै सेनाको सेन्ट्रल कमाण्डको जिम्मेवारी पनि दियो । त्यसपछि नेता देङ साओपिङलाई आफ्ना विश्वासिला सहयोगी साथीहरू हु याओवाङ, झाओ जियाङ र वन लीसँग मिलेर सुरक्षित र सुनिश्चितता साथ आफ्नो गन्तव्यमा पुग्न सहयोेग पुऱ्यायो ।

सन् २०१८ को आँकडाअनुसार ५३९.५ विलियन अमेरिकी डलरबराबरको चाइनिज उत्पादन अमेरिकी भन्सार कर तिरी अमेरिकी बजारमा पुऱ्याइन्छ भने ३५१.७६ बिलियन अमेरिकन डलर बराबरको अमेरिकी उत्पादन चिनियाँ बजारमा पुऱ्याइन्छ । यति ठूलो दक्षता र हैसियतमा चीनलाई पुऱ्याउने श्रेय चीनले अमेरिकालाई नै दिनुपर्ने हुन्छ ।

निश्चय पनि दशक लामो महान् संस्कृतिक क्रान्तिका नाममा पीडित चिनियाँहरूले गतिशील र प्रगतिशीलको चीनको अपेक्षा अवश्य गरेका थिए । हुन त नेता हुवा गुओफेङले पनि सन् १९५० मा सोभियत सङ्घको जस्तो मोडेलमा ठूला–ठूला उद्योग कलकारखाना र उर्जा अस्पताल लगायत महान क्यापिटल निर्माण १० वर्षभित्र गरिसक्ने योजना तर्जुमा गरेका थिए । यसबाट के थाहा हुन्छ भने चिनियाँ नेताहरूमा क्रान्ति र परिवर्तनको धङधङी मात्र नभएर विकास र पूर्वाधारहरू छिटो–छिटो निर्माण गर्ने इच्छा–चाहना भएको गुण पनि पाइयो । तर देङ साओपिङले १९७८ सम्म आइपुग्दा कम्युनिजम सिद्धान्तका धेरै कुरा त्यागिसकेका र नयाँ नियम–कानूनको आडमा आफूलाई काम गर्न सहज हुने मेकानिज्म र नेतृत्वमा पुगेका थिए ।

माओको आफ्नै विचार नभएता पनि सैनिक र राजनीतिक फ्युजन गरिएको नीति र नेतृत्वपनलाई माओइज्म मान्नुपर्छ । हुन त उनी समानतावादी पनि थिए । नेता देङ साओपिङले अमेरिकाको विश्वभर फ्रि–इन्टरप्राइजेजको ढोका खोल्ने नीतिको स्वागत र अमेरिकी सोसलिष्ट कन्जरभेटिभको जनता र निजी क्षेत्र बलियो भएको जसले राज्यलाई कर तिर्न सक्ने दक्ष जनशक्ति निर्माण गर्ने नीति अवलम्बन गरे । चीन र अमेरिकाको १५ डिसेम्बर १९७८ को निर्णय अनुसार १ जनवरी १९७९ मा दुवै देशको कुटनीतिक सम्बन्ध पनि स्थापना गरियो । सन् १९८० को दशकमा आइपुग्दा चीनमा भएको खुल्ला र लगानी गर्न पाउने उदार नीतिको साथै चीनको धेरै भूभागहरू थोरै डलरमा नै पाउने र चिनियाँ बजारमा पाउने सस्तो लेबर स्किल (श्रम सीप) को उपयोग गरी धेरै फ्याक्ट्री कलकारखाना स्थापना गरी अमेरिकी बजारमा महँगोमा बिक्री गर्ने उत्सुकताले धेरै अमेरिकी र उनका सहयोगीहरूको चीनमा लर्को नै लाग्यो ।

चिनियाँ नेता देङ साओपिङले पनि चीनको राजनीतिक आर्थिक सामाजिक रुपान्तरण गरी चिनियाँहरूका लागि रोजगार र आर्थिक वृद्धिको अवसर प्रदान गरेका हुन् । अमेरिकीहरूले फ्याक्ट्री कलकारखाना खोलेर चिनियाँहरूलाई रोजगारी इङ्लिस बोर्डिङ स्कूल खोलेर अंग्रेजी भाषा समेतको शिक्षा, चर्चहरू खोलेर क्रिष्टयानिटी धर्म, खाद्य भण्डारहरू खोलेर खाद्यान्न सहज रुपले पाउने वातावरण मिलाए । त्यति मात्र नभई प्राविधिक, वैज्ञानिक र आविष्कारक जस्ता दक्ष जनशक्ति निर्माण गरिदिएको थियो । आजसम्म आइपुग्दा चीनले रासायनिक हतियारदेखि अन्तरिक्षसम्म सहज रुपले प्रक्षेपण गर्न सक्ने भयो ।

हिजो ८०–९० को दशकमा शहर र हाइवेका फराकिला सडकहरूमा साइकल मात्र देखिन्थे भने आजकल महँगा–महँगा सवारी साधनहरूले ती सडक भरिभराउ भएको पाइन्छ । सन् २०१८ को आँकडाअनुसार ५३९.५ विलियन अमेरिकी डलरबराबरको चाइनिज उत्पादन अमेरिकी भन्सार कर तिरी अमेरिकी बजारमा पुऱ्याइन्छ भने ३५१.७६ बिलियन अमेरिकन डलर बराबरको अमेरिकी उत्पादन चिनियाँ बजारमा पुऱ्याइन्छ । यति ठूलो दक्षता र हैसियतमा चीनलाई पुऱ्याउने श्रेय चीनले अमेरिकालाई नै दिनुपर्ने हुन्छ । तर अमेरिका अब चीनलाई आफ्नो टेक्नोलोजी, प्राविधिक ज्ञान र वैज्ञानिकताको उपयोग चीनमा भइरहन नदिने कुरामा उत्रेको छ । बरु ती व्यवसायहरू चीनबाट विस्थापित गरी अमेरिकी भूमिमा ल्याउन चाहन्छ वा उच्च भन्सार कर असुल्ने चाहना राखेको देखिन्छ । ‘विदेशमा रहेका लगानीकर्ता र व्यवसाय अमेरिका फर्क’ नीति अवलम्बन गरेको महसुस हुन्छ ।

यसै मेलोमा चीनले पनि ५३९.५ विलियन अमेरिकी डलरबराबरको चीनमा उत्पादित मालसामान अमेरिकाबाट मोडेर अन्यत्र नै डम्पिङ साइड खोजिराखेको छ । यसैको परिणाम हो बेल्ट एण्ड रोड र रेल्वे लाईन विश्व बजारमा जोड्ने चीनको एजेण्डा बनेको छ भने अमेरिकाले पनि इन्डोप्यासिफिक एलाइन्सको गठबन्धन निर्माण गरी आफूमा आबद्ध गराई बेल्ट एण्ड रोडको अवधारणा तिमीहरूका लागि फाइदा छैन भन्ने सबक सिकाउने तयारी गरिरहेको पाइन्छ । सन् १९८९ को तियानमिन स्क्वायरमा तत्कालीन सोभियत संघका अन्तिम नेता मिखायल गोर्भाचोवको चीन भ्रमणमा धेरै अन्तर्राष्ट्रिय पत्रकारहरूको उपस्थिति भएको बेला चिनियाँ अधिकारवादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि भएको भयानक रक्तपातपूर्ण अवस्था र सैनिक प्रयोग गरिएको विषयदेखि लिएर मानवअधिकार हननका मुद्दामा अमेरिकी अधिकारवादी समूह र सोसलिष्ट लिवरलिज्महरूको विरोधका अनगिन्ती बहस र प्रदर्शन हुँदै आए तापनि चिनियाँ नेता र प्रशासनलाई कुनै परवाह थिएन । तर अब चीन–अमेरिका व्यापारमा भएको आधुनिक र वैज्ञानिकतापूर्ण टेक्नोलोजी उत्पादन प्रतिबन्ध हुँदा चीनलाई सन्चो छैन । कम्युटर ह्याकिङदेखि साइबर अट्याकसम्मका जमानामा चीन र अमेरिकाका नेताहरूको व्यक्तिगत सम्बन्ध जे–जस्तो भए पनि राष्ट्रिय र क्षेत्रिय हितका लागि दुवै नेतृत्व आरोह–अवरोहमा अल्मलिएर भुल्न सक्दैनन् । त्यसकै कारण हो ‘बेल्ट एण्ड रोड’ रेल्वे लाइनको जडान र ‘इण्डो–प्यासिफिक एलाइन्स’को गठबन्धन ।

प्रतिक्रिया