विप्लव नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज जेल चलान

विप्लव नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज जेल चलान


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपत्यका ब्युरो इन्चार्ज तथा हितमान विश्वकर्मा (नवीन) पुर्पक्षका लागि जेल चलान भएका छन् ।

गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट गराएको आरोपमा असोज ६ गते ललितपुरको इमाडोलबाट पक्राउ परेका विकलाई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

ललितपुर जिल्ला अदालतको असोज ९ गतेको आदेशले विकलाई मुद्दाको पुर्पक्षका लागि नख्खु कारागार कार्यालय चलान गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

सोही मुद्दाको पुर्पक्षका लागि विप्लव समूहका तत्कालीन मध्यकमाण्ड इन्चार्ज तथा केन्द्रीय नेता हेमन्त प्रकाश वली (सुदर्शन) जेलमै छन् ।