गरे ‘अपूर्व’ सम्झौता !

गरे ‘अपूर्व’ सम्झौता !


नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच मंगलबार (असोज ७ गते) विशेष सम्झौता भएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डलाई साक्षी राखेर नेकपाका विदेशी विभाग प्रमुख माधवकुमार नेपाल तथा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेको सम्झौताअनुसार दुई पार्टीबीच अपूर्व सम्बन्ध कायम हुने देखिएको छ । अब दुवै मुलुकका कम्युनिस्ट पार्टीहरूले सी विचारधारामा आधारित भएर वार्षिक कार्यक्रम सञ्चालन गर्नेछन् । दुवै मुलुकका पार्टी नेताहरूको उच्चस्तरीय भ्रमणलाई नियमित गरिने सम्झौतामा उल्लेख छ ।

त्यस्तै कार्यकर्तास्तरमा हुने अध्ययन भ्रमणहरूको बढोत्तरी गरिने, दुई पार्टीबीच परस्पर सहयोग आदानप्रदान गरिने, युवा तथा स्थानीयस्तरका नेताहरूको भ्रमण कार्यक्रम नियमित राखिने र नागरिक समाज, बौद्धिक समुदाय तथा मिडियासँगको सम्बन्ध अभिवृद्धि गरिने व्यहोरा सम्झौतामा उल्लिखित छ । दुई सत्तारुढ पार्टीबीच भएको नयाँ सम्झौताले कम्युनिस्ट पार्टीस्तरमा मात्र नभई देशमै नयाँ परिस्थिति सिर्जना गर्ने सम्भावना देखाएको छ ।