‘नेजास’ अध्यक्षमा कृष्ण भुषाल सर्वसम्मत

‘नेजास’ अध्यक्षमा कृष्ण भुषाल सर्वसम्मत


■ श्याम क्षेत्री, जापान

जापानमा नेपाली विद्यार्थीहरुद्वारा गठित दुई संस्था नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान (नेसाज)को एकता अधिवेशनबाट अध्यक्षमा कृष्ण भुषाललाई सर्वसम्मत चयन गरेको छ । आइतबार नागोयास्थित ओका कैकान सभाहलमा सम्पन्न एकता अधिवेशनले भुषालको अध्यक्षमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले संस्थाको नाम ‘नेपाली विद्यार्थी समाज जापान’ (नेसाज) रहने निर्णय गरेको छ ।

समाजको वरिष्ठ उपाध्यक्षमा प्रकाश भण्डारी क्षेत्री, उपाध्यक्षमा शंकर भुषाल र विपिन हुमागाईं, क्षेत्रीय उपाध्यक्षमा दामोदर वस्ती, महासचिवमा अजय राना, सचिवमा सुमन केसी, सहसचिवमा सन्तोष पन्त, कोषाध्यक्षमा विकाश अधिकारी र सहकोषाध्यक्षमा पवन श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा रीतु थापा, केशव सुवेदी, सागर भण्डारी क्षेत्री, सुनिल ज्ञावली, सुरेन्द्र गिरी, दिनेश महर्जन, रिन्कु कार्की, सुदिप पाण्डे, राजन भट्टराई, दीपक अधिकारी र कृष्ण बखती निर्वाचित भएका छन् । संस्थाको मुख्य संरक्षकमा चेतन पौडेल र संरक्षकमा तेजप्रसाद गुरुङलाई चयन गरिएको छ ।

चेतन पौडेलको अध्यक्षतामा सम्पन्न एकता अधिवेशनको प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी थिए । प्रमुख अतिथि पौडेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुका साथै नेसाजको हरेक कार्यमा एनआरएनए जापानको सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

अधिवेशनमा एनआरएनए एसिया प्यासिफिकका उपसंयोजक गोविन्द श्रेष्ठ, एनआरएनए आइसीसी सदस्य दिलराम खरेल, केशर गिरी, एनआरएनए जापानका उपाध्यक्ष दीपक कार्की, सचिव विष्णुप्रसाद घिमिरे, एनआरएनए जापान नागोयाका अध्यक्ष श्यामशीतल श्रेष्ठ, नेसाजका पूर्वअध्यक्ष सरोज कँडेल, ऋषभ पौडेल, विमल अधिकारी र पत्रकार महासंघ जापानका उपाध्यक्ष विनोदकुमार सापकोटा, कार्यसमिति सदस्य शान्त पहरीलगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनमा परदेशी गायकको उपनामबाट चिनिने लोकगायक सूर्य खड़का, श्याम शीतल, नव पपगायक शालीन लामा र सुशील ज्ञवाली लगायतले बेजोड सांगीतिक प्रस्तुती दिएका थिए ।