सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै

सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै


आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बस्दै छ । बिहीबार स्थगित बैठक आज पुनः बस्न लागेको हो ।

बिहीबार नेकपाका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्वस्थताका कारण बैठक स्थगित भएको बैठक थियो ।

आज बस्न लागिएको बैठकमा प्रदेश २ मा नेकपाभित्र देखिएको विवादले पनि स्थान पाउने बुझिएको छ । यस्तै, बैठकमा एकता प्रक्रियाका बाँकी कामका बारेमा समेत छलफल हुने नेताहरुले बताएका छन् ।