नेता चित्रबहादुरले यसरी उडाएछन कानुनको धज्जी

नेता चित्रबहादुरले यसरी उडाएछन कानुनको धज्जी


नेपाली राजनीतिका इमान्दार नेताका रुपमा चर्चा पाएका जनमोर्चाका नेता चित्रबहादुर केसीले कानुनको धज्जी उडाएको समाचार बाहिर आएको छ । पटक पटक साँसद भइसकेका नेता केसी संविधान सभाको सदस्य पनि हुन् । तर उनले कानुनभन्दा माथि रहेर गम्भिर अपराध गरेको खुलेको छ ।

‘शुक्रबार साप्ताहिक’ मा छापिएको रिपोर्टअनुसार नेता केसीले आफ्ना दुई नातिका बाबु र आमा नै परिवर्तन गरिदिएका छन् । उनले नातिहरुलाई जापान पठाउन यस्तो काम गरेको खुलेको छ ।

नेता केसीले आफू संविधानसभाको सदस्य भएका बेला कानुनी बाटोलाई लत्याएर जेठा छोरा सचित्र केसीतर्फका २ छोराहरु सचित र सचिनलाई कान्छा छोरा विष्णु केसीका छोरा बनाएका छन् ।

स्रोतका अनुसार उनि साँसद भएका बेला गाउँ विकास समितिका कर्मचारीलाई प्रभावमा पारेर झुटो विवरण तयार पारेको खुलेको हो । आफ्नो परिवारमा सल्लाह गरेर यस्तो काम गर्न नेता केसी उद्धत रहेको बुझिएको छ । नेता केसीले २०६७ माघ ५ गते नातिका बाबु आमा परिवर्तन गरेका थिए ।

शुक्रबारका अनुसार, केसीलाई ५ वर्षसम्म कैद हुनसक्नेछ । नेपाली नागरिकता ऐन २०६३ मा रहेको दफा ११५ आकर्षित हुने र त्यसमा ५ वर्षको कैद हुनेछ ।