कपनमा महिलाको हत्या

कपनमा महिलाको हत्या


कपनमा एक महिला हत्या गरिएको अवस्थामा भेटिएकी छिन् । कपनको तेन्जिङचोकमा किराना पसल सञ्चालन गर्दै आएका कपिलवस्तुकी कमला केसी हत्या गरिएको अवस्थामा फेला परेकी हुन् । उनको हात र मुख बाँधेर हत्या भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु बस्ने श्रीमानसँग सम्बन्धविच्छेद गरेर कपनमा किराना पसल चलाउँदै आएकी कमलाको कसले र किन हत्या गरे भन्नेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

उनी कपनमा कोसँग बस्दै आएकी थिइन् भन्ने खुलेको छैन । उनको हत्या गरेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रमा लिएको जनाएको छ ।