राजविराजमा बजाजको महामेला हुने

राजविराजमा बजाजको महामेला हुने


■ हेमशंकर सिंह, राजविराज

एच.एस. बजाजले यही भदौ ३१ देखि आगामी असोज ४ सम्म महा एक्सचेन्ज मेलाको आयोजना गर्न लागेको छ । मोटरसाइकलको पहुँचबाट टाढा रहेका ग्रामीण भेगका मानिसहरूको पहुँच बढाउन मेलाको आयोजना गर्न लागिएको एच.एस. बजाजले जनाएको छ ।

एच.एस. बजाजको राजविराजका खान अटोमोबाइलले विगत लामो समयदेखि एजेन्सी संचालन गर्दै आएको छ । मेलाको आयोजना राजविराजको गजेन्द्र चौकदेखि पूर्व रहेको युनिक कलेज अफ मेडिकलको मैदानमा गरिने खान अटोमोबाइल्सका संचालक कलिम उज्जमा खानले बताए ।

मेलाबारे जानकारी दिँदै खानले दशैं–तिहारलाई मधयनजर गरी महा एक्सचेन्ज मेलाको आयोजना गर्न लागिएको बताए । मेला अवधिभर ब्लु बुक भएको कुनै पनि कम्पनीको जस्तोसुकै अवस्थाको मोटरसाइकल साट्न मिल्ने उनको भनाई छ ।

मोटरसाइकल साटेर नयाँ खरिद गर्न चाहनेहरुलाई किस्तामा समेत नयाँ मोटरसाइकल उपलब्ध गराइने बजाज महाभेलाको उद्देश्य रहेको छ ।

नयाँ मोटरसाइकल खरिदसँगै ६ हजार ५ सय बराबरको हेलमेट, सिट कभर, ब्रेक कभर जस्ता सामग्री निःशुल्क उपल्बध गराइने बताइएको छ । नयाँ मोटरसाइकल खरिदअघि रु १० हजारदेखि १ लाखसम्मको स्क्र्याच कुपनमार्फत उपहार समेत प्रदान गरिने छ ।

एच एस बजाजका शंकर मण्डलले मेला अवधिभरि मोटरसाइकलको निःशुल्क मर्मसमेत गरिने जानकारी दिए ।