कार्यकर्तालाई देउवाको आग्रह

कार्यकर्तालाई देउवाको आग्रह


■ नारद कोहार, कपिलवस्तु

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक ढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको जनजागरण अभियानमा सरिक भएर जनताका अपेक्षाहरुको सुक्षम तरिकाले अध्ययन गर्न पार्टीका कार्यकर्तालाई आग्रह गरेका हुन् ।

कपिलववस्तुको शिवपुरमा कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवाले संगठन सृदृढीकरण तथा विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गरे । पार्टी कार्यक्रममा सरिक हुन दाङ जान लागेका सभापति देउवाले शिवपुरमा करिव १५ मिनेट कार्यकर्तालाई समय दिएका थिए ।

उनले पार्टीले देशभर जनजागरण अभियान सञ्चालन गरेकाले अभियानबाट नेपाली कांग्रेसप्रति जनताको अपेक्षा र सुझाव संकलन गर्न पार्टीका अगुवा कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री दिपक गिरीले जनताले भोगेका समस्यासँग नजिक रहेर काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्तालाई अनुरोध गरेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाह, प्रदेश सभा सदस्य तथा नेपाली काग्रेस प्रदेश न ५ का संसदीय दलका उपनेता वीरेन्द्रकुमार कनौडीया, जिल्ला सभापति सुरेन्द्रराज आचार्यलगायत सयौँ अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो ।