डोरियन आँधीका कारण २५ सय बेपत्ता

डोरियन आँधीका कारण २५ सय बेपत्ता


संयुक्त राज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रबिन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब दुई हजार पाँच सय व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले बुधबार जानकारी दिएको छ ।

यस भीषण आँधीको कारण ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उद्धारकर्ताले जीवितै व्यक्ति उद्धार गर्न सकिने आशा मारेको बताएका छन् । उनीहरूले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् ।

गत शुक्रबारसम्म सो आँधीका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको थियो । थप केही शवहरू भेटिएपछि मृतकको संख्या ५० पुगेको बुधबार बताइएको छ ।

बहमास द्वीपका नागरिकका लागि डोरियन ‘इतिहासकै दुःखान्त’ भएको प्रधानमन्त्री हुबर्ट मिन्निसले बताएका थिए । आँधीमा परी उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वीतटीय इलाकामा आइपुगेका छन् ।