मृत्युप्रतीक्षा : नेपालको नयाँ परम्परा !





■ देवप्रकाश त्रिपाठी

कसैको मृत्यु कामना या मृत्युको प्रतीक्षा गर्नुलाई मानव समाजले सभ्य र स्वाभाविक सोच ठान्दैन । यद्यपि, घरपरिवार होस् या देशमा कोही बाँच्नु नै कसैका निम्ति बोझ या दुःखको विषय बन्छ भने शालीनतापूर्वक मृत्युको प्रतीक्षाचाहिँ हुने गर्दछ । बेलायती राजकुमार चार्ल्सको धैर्य र प्रतीक्षालाई विश्वमै उदाहरणीय मान्न सकिन्छ । सन् १९४८ मा जन्मिएका राजकुमार चार्ल्सले एकहत्तर वर्ष पूरा गरिसकेका छन् र, बकिङ्घम राजदरबारको उत्तराधिकारीका रूपमा बेलायतको राजा बन्न प्रतीक्षारत छन् । मानिसको सामान्य आयु एक सय वर्ष मानिन्छ र एक सय वर्ष पुग्न केही वर्ष मात्र बाँकी भएको महारानी एलिजाबेथपछि बेलायतको राजा बन्न चार्ल्स दशकौँदेखि पर्खिरहेका छन् ।

राज परम्परामा पिता या माता (राजा या रानी) को मृत्युपछि तिनका सन्तानले राजा या रानी बन्ने मौका पाउँछन् । आफ्ना पिता–माताको मृत्यु कामना सामान्यतया संसारमा कसैबाट पनि हुने गर्दैन, तर आफू राजा बन्ने दिनको खुसियाली आफ्ना माता या पिताको निधनको दुःखसँग कसरी साटफेर हुँदो हो, यो संसारभरिका राजकुमारले मात्र गर्न पाउने अनुभूति हो । जे होस्, बेलायती राजकुमार चार्ल्सको धैर्यलाई एउटा उदाहरणीय सन्दर्भका रूपमा ग्रहण गर्न सकिन्छ ।

राज परम्पराबाहेक कुनै पनि निरङ्कुश शासन व्यवस्थामा शासकको मृत्युप्रतीक्षा बडो अधैर्यका साथ भइरहेको हुन्छ । राजतन्त्रात्मक प्रणालीमा झैँ कम्युनिस्ट शासनमा पनि उत्तराधिकारी किटान गरिने भएकोले प्रमुख व्यक्तिको मृत्युप्रतीक्षा व्यग्रतापूर्वक भइरहेको हुन्छ । मृत्युप्रतीक्षाका अनौठा र अस्वाभाविक दृष्टान्तको स्मरण गर्दा सोभियत तानाशाह स्टालिन र चीनका माओ त्से तुङको नाम सतहमा आउन सक्छ ।

सन् १९२४ मा सोभियत सङ्घका प्रथम कम्युनिस्ट शासक भीआई लेनिनको हत्यापछि सत्तामा आएका स्टालिनले सन् १९५३ सम्म शासन गरे । अत्यन्त क्रूर र निरङ्कुश कम्युनिस्ट शासकका रूपमा चिनिएका स्टालिनले आफ्नो शासनकालमा असी लाखदेखि दुई करोडसम्म नागरिकको हत्या गरेको अनुमान गरिन्छ । उनले आफ्नै पार्टीभित्रका असहमत या विरोधी ठानिएका करिब पन्चानब्बे हजार नेता–कार्यकर्ताको हत्या गरेका थिए भन्ने तथ्यहरू पनि विश्वइतिहासमा पढ्न पाइन्छ ।

नेपालमा प्रजातन्त्र स्थापनापछि पनि राजकुमारले राजाको, एउटा तानाशाहले अर्काे तानाशाहको, एउटा कम्युनिस्टले अर्को कम्युनिस्ट नेताको र दोस्रो पुस्ताका नेताले अघिल्लो पुस्ताका नेताको मृत्यु प्रतीक्षा गर्नुपर्ने अवस्था विद्यमान छ । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह नेपाली राजनीतिका अपवाद हुन् । कम्युनिस्ट भएर पनि मदन भण्डारीले आफूभन्दा माथि मनमोहन अधिकारीलाई राखेको घटनालाई समेत अपवाद मान्न सकिन्छ । तर, नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको उदयसँगै नेताको मृत्यु पर्खेर बस्नुपर्ने परम्परा बसेको छ ।

स्टालिन कम्युनिस्ट भएर पनि देशभक्त नेताका रूपमा चिनिन्छन् र उनको शासनकाल अत्यन्त तनावपूर्ण एवम् निर्णयहरू विवादास्पद रहे । आफूले लिएका निर्णयलाई जस्ताको त्यस्तै समर्थन गर्नेहरूलाई मित्र या सहयोगी र असहमति जनाउनेहरूलाई उनी बैरी ठान्ने गर्दथे । आफ्नो प्रतिस्पर्धी लियोन ट्रोटस्कीको समेत स्टालिनले सन् १९४० मा हत्या गराएका थिए । वास्तवमा ट्रोटस्की जनता र पार्टीभित्र लोकप्रिय मानिन्थे । त्यसैले स्टालिनको निर्णयमा विरोध या असमति जनाउनु भनेको कैयन सन्दर्भमा काल निम्त्याउनु हुन्थ्यो । त्यस्ता स्टालिनले सबैभन्दा विश्वासी र योग्य मानेका व्यक्ति थिए– निकिता ख्रुस्चेव, जसलाई उनले पछि आफ्नो उत्तराधिकारी घोषणा गरेका थिए ।

स्टालिनका हरेक निर्णयहरूको व्याख्याता र कार्यान्वयनकर्ताको रूपमा ख्रुस्चेवको पहिचान बनेको थियो, मानिस उनलाई स्टालिनकै अर्को अवतार ठान्दथे । तर, जब सन् १९५३ मा स्टालिनको मृत्यु भयो, त्यसपछि ख्रुस्चेवको परिचय बदलियो । राजतन्त्रमा राजाको निधनपश्चात् स्वतः युवराज राजा बनेझैँ स्टालिनको मृत्युपछि ख्रुस्चेव स्वतः सोभियत सङ्घको प्रमुख कार्यकारी बनेका थिए । लास बनेर भुइँमा पल्टिरहेका स्टालिनको कोल्टिएको टाउको सोझो पार्न ख्रुस्चेवले बुटसहितको आफ्नो लात्ती प्रयोग गरेको चर्चा त्यसबेला संसारभरि फैलिएको थियो । आफू कार्यकारी प्रमुख बनिसकेपछि ख्रुस्चेवले सुप्रिम सोभियतको पहिलो बैठकमा पूरै समय स्टालिनको नीति, कार्यक्रम र व्यवहारको विरोधमा खर्चिएका थिए ।

ख्रुस्चेवले स्टालिनका नीति र कार्यक्रमलाई नै निरन्तरता दिने विश्वासमा रहेका सबैलाई उनको नयाँ रूपले स्तब्ध र चकित पारेको थियो । अति वामपन्थी कम्युनिस्टहरूले ख्रुस्चेवलाई संशोधनवादी दक्षिणपन्थी बनेको आरोप लगाएका थिए, छन् । तर, स्टालिनको मृत्युलगत्तै ख्रुस्चेव जसरी प्रस्तुत भए त्यसबाट उनले धैर्यपूर्वक स्टालिनको मृत्युप्रतीक्षा गरेको सोझै बुझ्न सकिन्छ । ख्रुस्चेव स्टालिनको पक्षमा नरहेको पुष्टि उनी आफैँले आफ्नो नीति, कार्यक्रम र व्यवहारबाट गरेका छन्, तर त्यति लामो समयसम्म ख्रुस्चेवले आफूलाई दबाएर कसरी राख्न सके होलान्, यो स्मरणयोग्य छ ।

प्रजातन्त्रमा संसारका हरेक राजनीतिक दल धनी, गरिब, मजदुर, मालिक, उद्यमी, व्यवसायी, महिला, पुरुष धार्मिक, अधार्मिक, भद्र, अभद्र सबैका निम्ति गठन भएको हुन्छ । तर, कम्युनिस्ट पार्टीको गठन सबै जनताका निम्ति गरिएको हुँदैन । उनीहरूले घोषित रूपमै आफ्नो पार्टी गरिब, सर्वहारा र ‘ब्लुकलर जव’ वालाहरूको भएको स्पष्ट गर्दै आएका छन् । गरिबको नाममा कम्युनिस्ट पार्टी, पार्टीका नाममा विचार, विचारका नाममा कुनै व्यक्तिविशेषको अधीनमा पार्टी रहन्छ ।

सन् १९४९ को जनवादी क्रान्ति सम्पन्न गर्न माओसरहको भूमिका निर्वाह गर्ने व्यक्ति थिए लिन बियाओ । उत्तरपूर्वी चीनलाई आफ्नो आधारक्षेत्र बनाएर युद्धको नेतृत्व गरेका बियाओकै अगुवाइमा दक्षिणपूर्वीचीनलाई कोमिन्ताङको नियन्त्रणबाट मुक्त गरी कम्युनिस्टको अधीनमा लैजाने कार्य भएको थियो । क्रान्तिपछि माओको उत्तराधिकारीका रूपमा चर्चित लिन बियाओले उपप्रधानमन्त्री, जनमुक्ति सेनाका जनरल र भाइस चेयरम्यान भएर निजामती सेवा हेर्ने जिम्मेवारीसमेत पाएका थिए । सन् १९६४ मा उपप्रधानमन्त्री र भाइस चेयरम्यान भएका बियाओ सन् १९६६ मा माओले शुरु गरेको सांस्कृतिक क्रान्तिका नाममा भएका गतिविधिसँग सायद सन्तुष्ट भएनन् । माओको मृत्युसम्म कुर्ने उनको धैर्य भएन या अरू कसैको षड्यन्त्रको सिकार बनेका हुन्, उनीमाथि माओको हत्या गर्न र ‘कु’ गरेर शासनसत्ता हातमा लिन खोजेको आरोप लाग्यो ।

माओले आफ्नो योजना थाहा पाएको आभास भएपछि विमान लिएर सोभियत सङ्घको शरणमा जान लाग्दा भित्री मङ्गोलियाको आकाशमै उनलाई दागियो र सपरिवार नै त्यस घटनामा मारिए । बियाओको मृत्यु घटना विवादास्पद छ र त्यस विषयलाई स्पष्ट गर्ने इच्छा चीनको कुनै पनि नेताले देखाएका छैनन् । आफूलाई मारेर ‘कु’ गर्न लागेको भन्ने सूचनाका आधारमा सपरिवार विमानमा उड्न बाध्य पारेर माओले सेनालाई उक्त विमान खसाल्न आदेश दिएको भन्ने पनि भनाइ छ । सन् १९७१ को सेप्टेम्बरमा लिन बियाओको हत्या हुँदा सांस्कृतिक क्रान्ति उत्कर्षमा पुगेको थियो । माओ, क्रान्ति र पार्टीको विरुद्ध ठानिएका करोडौँ मानिस त्यसबेला (सन् १९६६–१९७६) मारिएका थिए ।

खु्रस्चेवले स्टालिनको झैँ लिन बियाओले माओको मृत्युको प्रतीक्षा गर्न सकेनन्, परिणामस्वरूप उनकै मृत्यु आमन्त्रित भइदियो । मृत्युपश्चात् माओको सत्ताले लिन बियाओलाई आधिकारिक रूपमै ‘धोखेबाज’ घोषणा गरेबाट पनि उक्त घटना नियोजित भएको स्पष्ट हुन्छ । माओको सरकारले बियाओ चढेको विमानमा तेल सकिएर दुर्घटना भएको भनी सार्वजनिक जानकारीमा ल्याएको थियो । जे भए पनि उक्त घटना लिन बियाओले माओको मृत्यु पर्खन नसकेकै कारणबाट सिर्जित या नियोजित भएको भन्न सकिन्छ ।

परम्परागत या कुनै पनि रूपको तानाशाही अवस्था–व्यवस्थामा सम्भावित उत्तराधिकारीहरूले ‘शासक’को मृत्यु कुर्नै पर्ने बाध्यता रहन्छ । स्वाभाविक मृत्युसम्म पर्खन नसकेको स्थितिमा अस्वाभाविक मृत्यु गराउने प्रयास पनि भइरहेको हुन्छ । नेपाली राजनीतिमा पनि अगुवाको मृत्यु कुर्नुपर्ने परम्परा बसेको छ र यही कारणले कुनै पनि बेला कुनै पनि प्रकारको दुर्घटना व्यहोर्न मुलुक बाध्य हुने पृष्ठभूमि बनेको छ ।

सामान्यतया प्रजातन्त्रमा पालो पाउन कसैले कसैको मृत्यु पर्खनुपर्दैन । गिरिजाप्रसाद कोइरालाले पार्टीको सभापति र प्रधानमन्त्री बन्न गणेशमानजी र किशुनजीको मृत्यु पर्खनुपरेन, तर देशले गिरिजाको विकल्प पाउनचाहिँ उनको मृत्युकै प्रतीक्षा गर्नुपऱ्यो । अहिले पनि काङ्ग्रेसका हुतिहारा नेता र कार्यकर्ताहरू मृत्यु कुर्ने संस्कारबाट ग्रस्त देखिन्छन् ।

नेपालमा धीरशमशेरका छोराहरूले रणोद्वीप सिंह र आफ्ना अन्य काकाहरूको मृत्यु प्रतीक्षा गर्न सकेनन् र, रणोद्वीपको हत्या गरेर वीरशमशेर श्री ३ महाराज बनेका थिए । राष्ट्रवादी राजा महेन्द्रलाई आफ्ना पिता राजा त्रिभुवनको मृत्यु प्रतीक्षा गर्न निकै मुस्किल भएको ऐतिहासिक साहित्यकार डायमण्डशमशेरले बताएका छन् । त्रिभुवन भोगी–विलासी थिए र आफ्नो पूरै समय उनी भोगविलासमै खर्च गर्ने गर्दथे । तर, राजा महेन्द्रको प्राथमिकतामा देश थियो । त्यसैले बाबु र छोराबीच राष्ट्र र राजपाठदेखि विवाहसम्मका विषयमा मनमुटाव थियो । अठचालीस वर्षकै उमेरमा कालगतिले त्रिभुवनको निधन भएकाले बाबुछोराबीचको मुटाव उत्कर्षमा पुग्न पाएन ।

वि.सं. २००७ र २०१७ पछि नेपालको इतिहासमा प्रजातान्त्रिक दृष्टिले सर्वाधिक महत्वपूर्ण परिवर्तन २०४६ मा भएको हो । यद्यपि कतिपयले २०४६ को परिवर्तनलाई २०६३ कै परिवर्तनको पूरक मात्र भएको पनि ठानेका छन् । जे भए पनि प्रजातान्त्रिक विचार दर्शनअनुरूपको परिवर्तनका रूपमा २०४६ को क्रान्तिलाई लिइन्छ । तर, नेपालमा प्रजातन्त्र स्थापनापछि पनि राजकुमारले राजाको, एउटा तानाशाहले अर्काे तानाशाहको, एउटा कम्युनिस्टले अर्को कम्युनिस्ट नेताको र दोस्रो पुस्ताका नेताले अघिल्लो पुस्ताका नेताको मृत्यु प्रतीक्षा गर्नुपर्ने अवस्था विद्यमान छ । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह नेपाली राजनीतिका अपवाद हुन् । कम्युनिस्ट भएर पनि मदन भण्डारीले आफूभन्दा माथि मनमोहन अधिकारीलाई राखेको घटनालाई समेत अपवाद मान्न सकिन्छ । तर, नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको उदयसँगै नेताको मृत्यु पर्खेर बस्नुपर्ने परम्परा बसेको छ । सुशील कोइरालाले पार्टी सभापति र प्रधानमन्त्री बन्न गिरिजाप्रसादको मृत्यु पर्खनुप¥यो । काङ्ग्रेसको सर्वेसर्वा बन्न शेरबहादुर देउवाले पनि सुशीलको मृत्युसम्म प्रतीक्षा गर्नुपरेको थियो ।

कम्युनिस्ट विचार, दर्शन, सोच र संस्कार नै भिन्न हुने हुनाले कम्युनिस्ट आन्दोलनका प्रवृत्ति र घटनाको विवेचना गर्दा सोहीबमोजिमको मान्यतामा आधारित भएर हेर्न सक्नुपर्छ । निर्वाचन पद्धति र प्रक्रियामा कम्युनिस्टहरूको विश्वास र भरोसा हुँदैन । यदि कसैले आफूलाई कम्युनिस्ट पहिचान दिएको छ र, उसले निर्वाचन प्रणालीमा विश्वास गर्छु भन्छ भने ऊ या त नक्कली कम्युनिस्ट हो, होइन भने उसले गर्ने निर्वाचन प्रणाली र प्रजातन्त्रका कुराचाहिँ नक्कली हुन् भनेर बुझ्नुपर्ने हुन्छ । प्रजातन्त्रमा संसारका हरेक राजनीतिक दल धनी, गरिब, मजदुर, मालिक, उद्यमी, व्यवसायी, महिला, पुरुष धार्मिक, अधार्मिक, भद्र, अभद्र सबैका निम्ति गठन भएको हुन्छ । तर, कम्युनिस्ट पार्टीको गठन सबै जनताका निम्ति गरिएको हुँदैन । उनीहरूले घोषित रूपमै आफ्नो पार्टी गरिब, सर्वहारा र ‘ब्लुकलर जव’ वालाहरूको भएको स्पष्ट गर्दै आएका छन् । गरिबको नाममा कम्युनिस्ट पार्टी, पार्टीका नाममा विचार, विचारका नाममा कुनै व्यक्तिविशेषको अधीनमा पार्टी रहन्छ । एकपटक अधीनमा पार्टी आइसकेपछि मृत्यु नहुँदासम्म ती नेता आफ्नो हातबाट पार्टी र राज्यको सत्ता बाहिर जान दिने पक्षमा हुँदैनन् । आफ्नो मृत्युपछि कसलाई पार्टी र सत्ताको अधिपति बनाउने भन्ने कुराको निर्धारणसमेत कम्युनिस्ट नेताबाट नै हुने गर्छ । त्यसैले उत्तर कोरियामा कम्युनिस्ट राजशाही कायम हुन पुगेको छ ।

एउटै व्यक्तिले जीवनभरि शासन गरिरहने हुनाले कम्युनिस्ट आन्दोलनभित्र एउटा नेताले अर्को नेताको र एउटा पुस्ताले अर्को पुस्ताको मृत्यु कामना गरिरहनुपर्ने हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीका कुन–कुन नेता र कार्यकर्ताले आफ्नोबारेमा कस्तो कामना गरेका छन् भन्ने जानकारी राख्छन् । माधवकुमार नेपालले आफ्नो मृत्यु कामना गरेको सूचना पाएपछि चित्त दुःखाएका ओलीको माधवसँग बन्द भएको संवाद पुनः शुरु हुन अझै समय लाग्छ सक्छ । आफ्नो स्वास्थ्य खराब भएको जानकारी गराएर केपीले प्रचण्डलाई खुसी पार्नुको कारण पनि प्रचण्डको चाहना बुझेकोले नै हो । सत्ताका लागि हजारौँ नेपालीको रगत बगाउने प्रचण्ड पनि यतिबेला कसैको मृत्यु कामना गर्दै छटपटिएर बस्नुपर्ने स्थितिमा पुगेका छन् ।

किम इल सुङको मृत्युपछि उनका छोरा किम जोङ इलले सम्हालेको राज्यसत्ता अहिले नाति किम जोङ उनको हातमा आइपुगेको छ । क्युवामा फिडेल क्यास्त्रोले पचास वर्षभन्दा बढी शासन गरेपछि उनले आफ्नै भाइ राहुल क्यास्त्रोलाई उत्तराधिकार तोकेबमोजिम सम्पूर्ण सत्ताको मालिक बनाइएको छ । यसरी एउटै व्यक्तिले जीवनभरि शासन गरिरहने हुनाले कम्युनिस्ट आन्दोलनभित्र एउटा नेताले अर्को नेताको र एउटा पुस्ताले अर्को पुस्ताको मृत्यु कामना गरिरहनुपर्ने हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीका कुन–कुन नेता र कार्यकर्ताले आफ्नोबारेमा कस्तो कामना गरेका छन् भन्ने जानकारी राख्छन् । माधवकुमार नेपालले आफ्नो मृत्यु कामना गरेको सूचना पाएपछि चित्त दुःखाएका ओलीको माधवसँग बन्द भएको संवाद पुनः शुरु हुन अझै समय लाग्छ सक्छ । आफ्नो स्वास्थ्य खराब भएको जानकारी गराएर केपीले प्रचण्डलाई खुसी पार्नुको कारण पनि प्रचण्डको चाहना बुझेकोले नै हो । सत्ताका लागि हजारौँ नेपालीको रगत बगाउने प्रचण्ड पनि यतिबेला कसैको मृत्यु कामना गर्दै छटपटिएर बस्नुपर्ने स्थितिमा पुगेका छन् । केपीका उत्तराधिकारी नभई प्रचण्ड आफू ‘समकक्षी’ भएको ठान्छन् र समकक्षी भएकै कारण केपीपछि आफ्नो पालो आउने ठान्नु स्वाभाविक हो । तर, कम्युनिस्ट पार्टीको सत्ताप्रमुखले जहिले पनि आफ्नोअनुकूलका व्यक्तिलाई उत्तराधिकारी बनाउने गर्दछन् भन्ने कुरामा चाहिँ प्रचण्डको ध्यान पुगेजस्तो देखिँदैन ।

प्रचण्ड केपीका उत्तराधिकारी होइनन् र केपी आफ्नो बेग्लै उत्तराधिकारी खडा गर्न चाहन्छन् । त्यसैले प्रचण्ड र माधव नेपालहरू जो जसले केपीको कुभलो चिताएका छन्, तिनकै हातमा सत्ता पुग्ने स्थिति बनाउन उनी चाहँदैनन् भने त्यो अस्वाभाविक पनि होइन । अस्वाभाविकचाहिँ के हो भने नेपालमा एकपटक मुख्य नेता बनेपछि मुख्य नेताकै हैसियतमा आर्यघाटसम्मको यात्रा गर्ने चाहना राख्नुलाई मान्न सकिन्छ । जिउँदो नेतासँग जुध्न नसक्ने–नखोज्ने, तर भैंसीकै पूजा गरेर भए पनि आफूभन्दा अगाडिका नेताको मृत्यु कामना गर्ने जुन परम्परा बस्यो, यसले अमानवीयता र असंवेदनशीलताको मात्र सङ्केत दिएको छैन, नेपालमा प्रजातान्त्रिक प्रणाली र संस्कारको विकास नहुने पनि स्पष्ट गरेको छ ।

सामान्यतया प्रजातन्त्रमा पालो पाउन कसैले कसैको मृत्यु पर्खनुपर्दैन । गिरिजाप्रसाद कोइरालाले पार्टीको सभापति र प्रधानमन्त्री बन्न गणेशमानजी र किशुनजीको मृत्यु पर्खनुपरेन, तर देशले गिरिजाको विकल्प पाउनचाहिँ उनको मृत्युकै प्रतीक्षा गर्नुपऱ्यो । अहिले पनि काङ्ग्रेसका हुतिहारा नेता र कार्यकर्ताहरू मृत्यु कुर्ने संस्कारबाट ग्रस्त देखिन्छन् । नालायक नेतृत्वलाई पन्छाउने हिम्मत गर्नुभन्दा तिनका मृत्यु कुर्ने र आफू पदासीन भएपछि अरूलाई पनि आफ्नो मृत्यु कुर्न बाध्य बनाउने सोच र संस्कार काङ्ग्रेसको धेरै तल्लो तहसम्म पुगिसकेको छ । मृत्यु कुर्ने र कुराउने संस्कार प्रजातान्त्रिक होइन र, यस्तो संस्कारले देश निर्माणमा योगदान पुऱ्याउने पनि होइन, तर हामी जनताचाहिँ किन बाध्य छौँ कसैको मृत्यु कुर्न ? के हामी यस्तो संस्कार अन्त्यका निम्ति केही गर्न सक्दैनौँ ?

प्रतिक्रिया