उसु प्रशिक्षक महर्जनको परिवारलाई आर्थिक सहयोग

उसु प्रशिक्षक महर्जनको परिवारलाई आर्थिक सहयोग


नेपाल उसु भोलन्टियर प्रशिक्षक कमिटिको पहलमा नेपाल उसुको राष्ट्रिय निर्णायक तथा बलम्बु उसु क्वानका प्रशिक्षक स्व. कृष्ण महर्जनको परिवारलाई १ लाख १ हजार ६ सय चालीस रकम आर्थिक सहयोग गरेको छ । उक्त आर्थिक रकम नेपाल उसु भोलन्टियर प्रशिक्षक कमिटिका सदस्यहरु, उसु प्रशिक्षक र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय उसु खेलाडीहरुबाट प्राप्त भएको थियो ।

नेपाल उसु महासंघका उपाध्यक्ष राजिव महर्जन तथा नेपाल उसु भोलन्टियर प्रशिक्षक कमिटिका संयोजक मन्जुर महर्जनद्वारा स्व. महर्जनकी छोरीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।