आज काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

आज काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै


आज नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बुधबारका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि आजका लागि बोलाइएको हो ।

आज बिहीबार दिउँसो बस्ने बैठकमा समसामयिक राजनीतिक, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिकाबारेमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बुधबार केन्द्रीय समिति बैठक नबसे पनि केन्द्रीय पदाधिकारी बैठक भने बसेको थियो । सो बैठक पार्टीको दोस्रो चरणको अभियानको तयारी र सो अभियानका लागि प्रतिनिधि चयनमा केन्द्रित रहेको उनले बताए ।