रामचन्द्रको अस्वस्थताका कारण काङ्ग्रेसको बैठक बिहीबार

रामचन्द्रको अस्वस्थताका कारण काङ्ग्रेसको बैठक बिहीबार


नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बुधबार (भदौ ११) बस्ने भनिएको बैठक बिहीबारको लागि सारिएको सो पार्टीले जानकारी दिएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बिहीबारका लागि बोलाइएको जानकारी दिँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार दिउँसो बस्ने बैठकमा समसामयिक राजनीतिक, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका बारेमा छलफल हुने बताए ।

बुधबार केन्द्रीय समिति बैठक नबसे पनि केन्द्रीय पदाधिकारी बैठक बसेको थियो । सो बैठक पार्टीको दोस्रो चरणको अभियानको तयारी र सो अभियानका लागि प्रतिनिधि चयनमा केन्द्रित रहेको बताइएको छ ।