पोखरा रंङ्गशालामा ब्याडमिन्टन प्रतियोगिता शुरु

पोखरा रंङ्गशालामा ब्याडमिन्टन प्रतियोगिता शुरु


पोखरामा रंगशालास्थित ब्याडमन्टिन कोर्टमा विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । १८औं सस्करणको इन्द्रबहादुर गुरुङ स्मृति विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव राजेशकुमार गुरुङले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको आयोजना कास्की जिल्ला ब्याडमिन्टन संघको गरेको हो । संघले राष्ट्रिय खेलुकद परिषदको आर्थिक सहयोग र सहकार्यमा साढे तीन करोडको लागतमा चारवटा कोर्टसहितको पुर्वाधार पोखरामा निर्माण गरिरहेको छ ।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा आधारभूत, माध्यमिक र उच्च शिक्षाका गरी तीन तहका विद्यार्थीले आफनै स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । आधारभूत तह (८ कक्षासम्म), माध्यमिक तह (१० कक्षासम्म) र उच्चमावितह (१२ कक्षासम्म) अध्ययनरत विद्यार्थीले प्रतिस्पर्धा गर्ने छन् ।

आधारभूत तहका विद्यार्थीले छात्र र छात्रातर्फ एकलतर्फ मात्रै प्रतिस्पर्धा गर्ने छन् । बाँकी दुई तहका विद्यार्थीले छात्र र छात्रातर्फ एकल र युगल(सिंगल, डबल्स)मा प्रतिस्पर्धा गर्ने कास्की जिल्ला व्याडमिन्टन संघले जानकारी गराएको छ । प्रतियोगितामा २७ विद्यालयका ३०६ विद्यार्थीको सहभागिता रहेको छ ।