महिला भलिबल टोलीलाई जर्सी प्रदान

महिला भलिबल टोलीलाई जर्सी प्रदान


राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले १३औँ दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका महिला भलिबल टोलीलाई जर्सी प्रदान गरेका छन् ।

करिब २० हजार मुल्य बराबरको जर्सी सदस्य गुरुङले महिला भलिबलकी क्याप्टेनलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा भलिबल संघका पदाधिकारी र महिला भलिबल खेलाडीहरुको उपस्थिति थियो ।

स्वर्ण पदक विजेता सविना सम्मानित

कुमारी बैंकले थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी स्वर्ण विजेता सविना श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले सविनालाई ५० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरेका हुन् ।