धमलालाई इन्टरनेसनल इस्ट्रक्टर अवार्ड

धमलालाई इन्टरनेसनल इस्ट्रक्टर अवार्ड


अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलालाई इन्टरनेसनल इस्ट्रक्टरको अवार्ड प्रदान गरेको छ । बुल्गेरियाको प्लामोदीप शहरमा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) को २७औँ कंग्रेसले धमलालाई अन्तर्राष्ट्रिय अवार्डका साथै मेडलबाट सम्मानित गरेको हो ।

आइटिएफ महासंघले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट ब्यक्तित्वलाई छनोट गरि प्रत्येक दुर्ई–दुई वर्षमा सम्मान गदै आएको छ । यस बर्ष भने नेपालका धमलाले त्यो सफलता पाएको नेपाली टोलीका सदस्य घमबहादुर थापामगरले जानकारी दिएका छन् ।

२७औं महाधिवेशनको अवसरमा सम्मान ग्रहण गरेपछि धमलाले खुसी ब्यक्त गर्दै यो अवार्ड आफ्नो लागि मात्र नभई समग्र नेपाली खेलकुद विकासको लागि महत्वपूर्ण रहेको बताए । उनले आफ्नो अनुभव, शीप र कौशललाई इमान्दार खेलकर्मीको हैसियतले खेलकुदको विकास र विस्तारमा समर्पित रहि रहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।