समाजसेवी सुरेन्द्र सम्मानित

समाजसेवी सुरेन्द्र सम्मानित


नेपाल केम्पो खुकुरी मार्सल आर्ट्स संघको तेश्रो साधारणसभाबाट रमेश नराल महासचिवमा निर्वाचित भएका छन् । रिक्त रहेको महासचिव पदलाई संघको साधारणसभाले चयन गरेको हो । महासचिवसँगै रिक्त रहेको सचिव र कोषाध्यक्ष पद पनि साधारणसभाले चयन गरेको छ । सचिवमा प्रदीपकुमार रुपाखेती तथा कोषाध्यक्षमा नकुलकुमार चौलागाईं चयन भएका छन् ।

साधारणसभाले ५ उपाध्यक्ष, १ उप–महासचिव र ५ सदस्य पनि मनोनयन गरेको संघका अध्यक्ष पुर्णप्रसाद पाण्डेले जनाएका छन् । उपाध्यक्षमा वज्रध्वज वाइबा, दिब्यबहादुर लामा, राजनप्रसाद पराजुली, ज्ञानेन्द्र आचार्य र सागर पाण्डे मनोनित भए । निर्मला त्रिपाठीले उप–महासचिवको जिम्मेवारी पाए । सदस्यमा मनोनित हुनेमा उमा थपलिया, अशोक खड्का, गणेश लामिछाने, सुकदेव रिसाल र विष्णु ढकाल छन् ।

साधारणसभाको पूर्व उप–प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा काभ्रेको नालामा केम्पोको कभर्डहल निर्माण गर्न १२ रोपनी जग्गा संघलाई उपलब्ध गराएका समाजसेवी सुरेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।