सवारी ठक्करका कारण एकको ज्यान गयो

सवारी ठक्करका कारण एकको ज्यान गयो


■ रचना खासु मगर, रुपन्देही

बुटवलस्थित ढवाहामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल वडा नं. १२ मा आज (२ भदौ) दुर्घटना भएको हो ।

मुख्य राजमार्गबाट दक्षिणतर्फ जाँदै गरेको लु २ च ३२६ नम्बरको मालसमान बोक्ने गाडि (छोटा हात्ती)लाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ३२ प ५००१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

दुर्घटनामा परेर जिल्ला गुल्मी बस्ने वर्ष २६का मोटरसाइकल चालक सुभाष पछाईको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।