साताको राशिफल (३२ श्रावण-६ भाद्र २०७६, १७-२३ अगष्ट २०१९)

साताको राशिफल (३२ श्रावण-६ भाद्र २०७६, १७-२३ अगष्ट २०१९)


■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

श्रावण ३२ गतेदेखि भाद्र ६ गते (साता)को विशेष चाड पर्व :

शनिबार– रोपाईंयात्रा, बैतडी गुजर बनारसी साउने मेला समाप्त । आइतबार– भाद्रसंक्रान्ति । मंगलबार– बिरुडापञ्चमी । विहीबार– अमुक्ताभरण सप्तमी व्रत, गौरासप्तमी । शुक्रबार–अष्टमीव्रतम्, गोरखकाली पूजा, श्रीकृष्ण जन्माष्टमी, दुर्वाअष्टमी, गौरापर्व ।

साताको राशिफल :

मेष राशि – शनिबार, आइतबारतिर धन–सम्पत्ति बढ्ला । मान–पुरस्कार प्राप्त होला । हांस–विलासमा रुचि बढ्नेछ । इष्टमित्र सन्ततिसितको सम्बन्धमा सुधार आउनेछ । आम्दानी बढ्ने छ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । सफल रहनुहुनेछ । सोमबार र मंगलबारतिर उन्नति–पदोन्नति हुनेछ । रसरागमा प्रवृत्ति बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो होला । आर्थिक पक्ष सबल हुनुको साथै वार्तामा सफलता मिल्नेछ । भोजभतेरमा सहभागी हुनुसंगै मान पुरस्कार पनि मिल्नेछ । सुख शान्ति समृद्धि आनन्द बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ र देखापरेको समस्याको समाधान मिल्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । लगानी बढ्नेछ । बुधबार र बिहीबारतिर धनमान बढ्नेछ । सुख आनन्द बढ्नेछ । भागदौड व्यस्तता रहला । विवाददेखि सचेत रहनुपर्ला । रसरागमा आकर्षण बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । शुक्रबार आर्थिक र बौद्धिक प्रगति हुनेछ ।

बृष राशि – साताको प्रारम्भिक दिनमा व्यस्तता बढ्ला । राजकाज बन्नेछ । आशा उत्साह बढ्ला । रसरागमा आकर्षण बढ्नेछ लाभदायक र अन्नधनवर्द्धक रहनेछन् । मान–महत्व बढ्ला । लगानी उठ्नेछ । रोकिएको काम बनाउन र आर्थिक पक्षसित सम्बन्धित काम बन्नेछ । दूरदेशबाट शुभ समाचार मिल्नेछ । आँट साहस पराक्रम बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ला । पारिवारिक सुख समृद्धि बढ्नेछ । दोस्रो, तेस्रो र चौंथो दिनमा सुख–सुविधाको वस्तु बढ्नेछ । सम्पत्ति बढ्नुको साथै साझेदारीको काम बन्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । साहसिक र यात्रापरक कार्यमा प्रवृत्ति बढ्ला । शुभ काममा सफलता मिल्नेछ । मान महत्व सुख सम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । रोगबाट छुटकारा मिल्नेछ । सुख सन्तति बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । पाँचौं र छैठौं दिनमा विकासको नयाँ सम्भाबना देखापर्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर होला । सातौँ दिनमा मीठो भोजन प्राप्त हुनेछ । सुख समृद्धि बढ्नेछ ।

मिथुन राशि – साताको प्रारम्भिक र दोस्रो दिनमा रसरागमा आकर्षण बढ्नेछ । अन्नधन वृद्धि होला । रोकिएको काम बन्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । प्रेमको क्षेत्रसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै मित्रवर्गको पनि सहयोग मिल्नेछ । भएको दायित्वलाई पुरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्ति होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । तेस्रो, चौंथो र पाँचौं दिनमा कार्यगति बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश बर्चस्व बढ्ला । अरुको भरमा नबस्नु बेस होला । आर्थिक प्रगति होला । आय बढ्ला । रोकिएको धन उठ्नेछ । कार्यव्यपारमा बढोतरी हुनेछ । यात्रा होला । आशा उत्साह बढ्ला । हांसविलासमा आकर्षण बढ्नेछ । आरोग्यता र धन सम्पत्ति बढ्नेछ । मनोकुलको काम होला । छैठौं र सातौं दिनमा आयस्रोत वृद्धि हुनेछ । मान महत्व बढ्नेछ ।

कर्कट राशि – साताका प्रारम्भिक दुई दिन लाभप्रद फलदायक रहलान् । आयस्रोत बढ्नेछ । तेस्रो र चौंथो दिन रसरागवर्द्धक रहलान् । रसरागमा रुचि वृद्धि होल । अन्न धन बढ्नेछ । शुभ र सफलतादायक रहनेछन् । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । भाग्योदय होला । यात्रामा सफलता पाउनुहुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । कार्यमा सफलता प्राप्त होला । बौद्धिक र रचनात्मक पक्षसित सम्बन्धित काम बन्नेछ । सुख समृद्धि बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश बर्चश्वमा वृद्धि हुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला । पाँचौं, छैठौं र सातौं दिनमा कार्यगति बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । आयस्रोत बढ्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । धन मान सुख समृद्धि बढ्नेछ । रोकिएको काम बन्नुसंगै उधारो लगानी लगाइएको धन उठ्नेछ । उन्नति पदोन्नति हुनेछ ।

सिंह राशि – साताको प्रारम्भिक र दोस्रो दिनमा यात्रा होला । धन बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मान पुरस्कार पाउनुहुनेछ । हाँसविलासमा प्रवृत्त रहनुहुनेछ । मान–पुरस्कार प्राप्त होला । आय वृद्धि होला । लगानी उठ्नेछ । यात्रा होला । आशा उत्साह बढ्नेछ । धन–सम्पत्ति प्राप्ति हुने सम्भावना रहनेछ । सुख सुविधा बढ्नेछ । तेस्रो, चौंथो र पाँचौं दिनमा जोखिममा नपर्नु बेस होला । छैठौं र सातौं दिनमा आयवृद्धि हुनेछ । धनसम्पत्ति वृद्धि हुनेछ । कर्मपथमा अग्रसरता बढ्ला । नयाँ सफलता मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानको सुख मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार प्राप्त होला । मिठो भोजन मिल्नेछ । आंट उत्साह बढ्ला । धर्मकर्ममा आकर्षण बढ्ला । सुख शान्ति बढ्नेछ । सुविधामा आकर्षण बढ्नेछ ।

कन्या राशि – साताको प्रारम्भि र दोस्रो दिनमा आरोग्यतामा वृद्धि हुनेछ । भागदौड व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखमा वृद्धि होला । धनमान बढ्नेछ । अन्नधन बढ्नेछ । भाग्योदय होला । शुभ काममा प्रवृत्ति बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । रोकिएको काम बन्नेछ । सुख सम्पति बढ्ला । मिठो भोजन मिल्नेछ र आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेममा सफलता प्राप्त होला । अन्नधन बढ्ला । मान–महत्व बढ्नेछ । तेस्रो, चौंथो र पाँचौं दिनमा सम्पति बढ्नेछ । पारिवारिक सुख समृद्धि शान्ति बढ्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । छैठौं र सातौं दिनमा जोखिममा नपर्नु बेस होला । ऐनकानुनलाई ध्यानमा राख्नु उचित हुनेछ ।

तुला राशि – साताको आरम्भिक र दोस्रो दिनमा खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । उन्नति–पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । बौद्धिक र सृजनात्मक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सोमबार र मंगलबारतिर आरोग्यता बढ्नेछ । सुख समृद्धि बढ्नेछ । बुधबार धन यश मान महत्ववर्द्धक रहनेछन् । आरोग्यता बढ्ला । यश बर्चश्व बढ्नेछ । सुख सम्पति बढ्नेछ । रोकिएको काम बन्नुको साथै नयाँ कार्यमा सफलता पनि मिल्नेछ । मिठो भोजन मिल्नेछ र कार्यव्यापारमा उन्नति हुनेछ । विहीबार र शुक्रबार मिठो भोजन मिल्नेछ । धन मान सुख समृद्धि बढ्ला ।

वृश्चिक राशि – साताको प्रथम र दोस्रो दिनमा व्यस्तता बढ्नेछ । कार्यबोझ बढ्ला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । तेस्रो, चौंथो र पाँचौं दिनमा सुख शान्ति समृद्धि बढ्नेछ । आरोग्यता बढ्नेछ । विजयश्री मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । सुख समृद्धि बढ्नेछ । साझेदारीको कार्य बन्ला । उन्नति–पदोन्नति हुनेछ । मिठो भोजन मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक काम बन्ला । इष्टमित्र सन्ततिसितको साथ मिल्नेछ । छैठौं र सातौं दिनमा सुख समृद्धि बढ्नेछ । यात्रा होला । आशा उत्साह बढ्नेछ ।

धनु राशि – साताको प्रारम्भिक र दोस्रो दिनमा देखापरेको समस्याको समाधान मिल्नेछ । सुख शान्ति समृद्धि प्राप्त हुनेछ । आयस्रोत बढ्ला । आरोग्यता र धन बढ्नेछ । इष्टमित्र प्रेमपात्र र सन्तानको साथ मिल्ला । लगानी उठ्नेछ । सुख शान्ति बढ्नेछ । मान बढ्नेछ । आशा उत्साह बढ्ला । पारिवारिक सुख शान्ति बढ्नुसंगै इष्टमित्रसित पनि राम्रो रहनेछ । कला, साहित्य, गीतसंगीत, बौद्धिक, रचनात्मक आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । धर्मकर्म र भ्रमणमा आकर्षण बढ्ला । तेस्रो र चौंथो दिनमा सुख समृद्धि प्राप्त हुनेछ । आयस्रोत बढ्ला । कार्यमा सफलता मिल्नेछ नयाँ काममा उत्साहजनक सफलता मिल्नेछ । पाँचौं, छैठौं र सातौं दिनमा जोखिममा नपर्नु हितकर होला ।

मकर राशि – साताको सुरुको र दोस्रो दिनमा सुख सम्पति बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मान महत्व बढ्नेछ । तेस्रो र चौंथो दिन शुभ र सफलतादायक रहनेछन् । विकासको नयाँ सम्भावना देखापर्ला । सुख शान्ति बढ्नेछ । यात्रा होला । आँट–पराक्रम बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । इष्टमित्रको सहगोग प्राप्त होला । पाँचौं, छैठौं र सातौं दिनतिर देखापरेको समस्याको समाधान मिल्नेछ । भागदौड चलिरहला तर प्रयास र परिश्रमको मिठो फल अवश्यै मिल्नेछ । विवादप्रति सचेत रहनुपर्नेछ । मिठो भोजन मिल्नेछ । धनसम्पत्ति ऐश्वर्यको वढ्नेछ ।

कुम्भ राशि – साताको आरम्भिक र दोस्रो दिनमा व्यस्तता बढ्नेछ र सफलता मिल्नेछ । विवादप्रति सचेत रहनु पर्नेछ । साझेदारीको काम बन्नेछ । सुख शान्ति समृद्धि प्राप्त हुनेछ । तेस्रो र चौंथों दिनमा सुख समृद्धि बढ्नेछ । मान महत्व पुरस्कार प्राप्त होला । पाँचौं, छैठौं र सातौं दिनमा यात्रामा सफलता मिल्नेछ । धन यश ऊर्जा उत्साह बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित काम साहसिक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । ऐश्वर्य बढ्ला । साथीभाइको साथ मिल्नेछ । आयस्रोत बढ्ला । सम्पति बढ्नेछ । लगानी उठ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । हुन त कार्यमा सफलता मिल्ला तर बढी प्रयास र परिश्रम गर्नुपर्नेछ । सुख आनन्द ऐश्वर्य वृद्धि होला । आरोग्यता बढ्ला ।

मीन राशि – साताको सुरुका प्रथम र दोस्रो दिनमा आँट उत्साह बढ्नेछ । धन सम्पत्ति बढ्नेछ । हाँसविलासमा आकर्षण बढ्नेछ । तेस्रो र चौथो दिनमा आय बढ्नेछ । मान महत्व बढ्ला । हांसविलासमा आकर्षण बढ्नेछ । आशा उत्साह बढ्नेछ । धनसम्पत्ति ऐश्वर्य सुख शान्ति समृद्धि प्राप्त हुनेछ । यश सुख समृद्धि बढ्नेछ । बर्चश्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ । आर्थिक वार्तामा सफलता मिल्ला । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । कार्यव्यपारमा सफलता मिल्नुसंगै सुख ऐश्वर्य पनि वृद्धि होला । राजकीय क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उच्चाधिकारीहरुको सहयोग समर्थन मिल्नेछ । अन्नधन बढ्नेछ । पाँचौं, छैठौं र सातौं दिनमा अन्नधन बढ्नेछ । मान पुरस्कार प्राप्त होला ।