केपीले यसरी गरे गौतमको व्यवस्थापन

केपीले यसरी गरे गौतमको व्यवस्थापन


विधानमा व्यवस्था नभए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले पार्टीमा उपाध्यक्ष पद सिर्जना गरेको छ । सचिवालयले उपाध्यक्ष पदको व्यवस्था गर्ने निर्णय गरी स्थायी कमिटीमा पठाएलगत्तै नेता वामदेब गौतमलाई पार्टी उपाध्यक्ष बनाउन अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेका छन् । केपीको प्रस्ताव अनुमोदनका लागि स्थायी कमिटीमा पठाएको छ । स्थायी कमिटीले अनुमोदन गरेपछि गौतम सत्तारुढ नेकपाको उपाध्यक्ष घोषित हुनेछन् ।

पार्टीभित्र एकपक्षीय ढंगले अघि बढ्न खोजेको आरोप खेप्दै आएका केपी ओलीले पछिल्लो चरणमा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पनि सन्तुष्ट तुल्याउने रणनीति अवलम्वन गर्न थालेका थिए । सोही रणनीतिअन्तर्गत विरोधि खेमाका योगेश भट्टराईलाई उनले पर्यटन मन्त्री नियुक्त गरेका हुन् । आफूलाई प्रधानमन्त्री बन्न सघाएका वामदेब केही समयदेखि प्रखर विरोध भूमिकामा उत्रिन थालेको महसुस गरेका ओलीले उनलाई मत्थर तुल्याउने प्रयत्न गर्दै आएका थिए । पार्टीमा उपाध्यक्षको जिम्मेवारी दिएर ओलीले वामदेबको व्यवस्थापन गरेको नेकपाभित्र चर्चा शुरु भएको छ ।

कुन नेताले पाए कुन विभागको जिम्मेवारी ?