दर्जनौँसँग डेटिङपछि कुकुरसँग बिहे !

दर्जनौँसँग डेटिङपछि कुकुरसँग बिहे !


विवाह गर्नु कुनै अनौठो कुरा होइन । संसारभरका मानिस प्रायः सबैले कोही न कोहीसँग कुनै न कुनै बेला बिहे गर्छन् नै । तर, हालै बेलायतकी एक मोडलले गरेको विवाह यतिबेला चर्चाको विषय बनेको छ ।

४९ वर्षीया पूर्वस्विमसुट मोडल एलिजाबेथले दुई सय पुरुषसँग ‘डेट’ गरेपछि अन्ततः कुकुरसँग विवाह गरेको सन्दर्भ चर्चामा रहेको हो । उक्त अनौठो विवाहको टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो, जसलाई विश्वभरका मानिसले अवलोकन गरेर आनन्द लिएका थिए । दुई सय पुरुषसँग सङ्गत गर्दा पनि एलिजाबेथलाई कुनै पुरुष मन परेन । २५ वर्षको एक छोरासमेत रहेकी मोडलले अन्ततः आफ्नै ६ वर्षीय कुकुरलाई ‘जीवनसाथी’ रोजेकी हुन् ।

हनिमुन मनाउन उनले एक ‘डग फ्रेन्ड्ली’ होटेलसमेत बुक गरेकी थिइन् । मन परेका दुई पुरुषसँगको इन्गेजमेन्ट एक–एक गरेर टुटेकोले एलिजाबेथले मानिसभन्दा बरु कुकुर नै वफादार हुन्छ भन्दै कुकुरलाई नै लाइफ पार्टनर रोजेकी हुन् । उनले आफूलाई अब कुनै मर्दको साथ आवश्यक नपर्ने र कुकुरसँग नै पूरै जीवन बिताउने उद्घोषसमेत गरेकी छिन् ।