एसियन सेन्ट्रलजोन अन्तर्राष्ट्रिय भलिबलको तयारी पूरा

एसियन सेन्ट्रलजोन अन्तर्राष्ट्रिय भलिबलको तयारी पूरा


नेपाल भलिबल संघले पाँचौं एसियन सेन्टलजोन अन्तर्राष्ट्रिय पुरुष भलिवलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । संघले हालै पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुराको जानकारी गराएको हो ।

प्रतियोगिता भाद्र २ देखि ७ गतेसम्म लगनखेलस्थित सेनाको कवर्डहलमा हुनेछ । प्रतियोगितामा आयोजक नेपाल लगाएत सात टीमले सहभागिता जनाउने भएका छन् । विदशी सहभागि टीमहरुमा अफगानिस्तान, बंगलादेश, माल्दिब्स, किर्गीस्तान, तुर्केमिनिस्तान, र उज्वेकिस्तान रहेका छन् ।

नेपालको राष्ट्रिय खेल भलिबल खेललाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्न संघले यो प्रतियोगिताको आयोजना गरेको जनाएको छ । यति ठूलो प्रतियोगिता भलिवल खेलको इतिहासमा पहिलो पटक हुन लागेको पनि संलले जानकारी गराएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजको रुपमा एभिसी रहेको छ । साथै प्रतियोगिताको आयोजनामा खेलाडीहरुको सुविधालाई ध्यानमा राखि उचित व्यवस्था गरिएको पनि संघका महासचिव जितेन्द्र चन्दले जनाएका छन् ।